११ महिनामा १ खर्ब २९ अर्बको आईपीओ, एफपीओ, बोनस र हकप्रद शेयर स्वीकृत « Khabarhub

११ महिनामा १ खर्ब २९ अर्बको आईपीओ, एफपीओ, बोनस र हकप्रद शेयर स्वीकृत


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको आईपीओ, एफपीओ, बोनस र हकप्रद शेयर स्वीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार १२९ अर्ब ९८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

जसमा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण शेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको बोनस शेयर, २१ अर्ब १७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ जारी भएको राष्ट्र बैंकले जनाएको छ ।

जेठ मसान्तसम्ममा धतोपत्र बोर्डले २५ अर्ब ९८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । जसमा ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४ अर्ब ७० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड जारी गरेको छ ।

२०८१ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको राष्ट्र बैंकले जनाएको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको बैंकले जनाएको छ । २०८० जेठमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसै गरी, जलविद्युत् कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.४ प्रतिशत रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।

नेप्सेमा २०८१ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ३१ करोड शेयरको चुक्ता मूल्य ८२३ अर्ब ३१ करोड रुपैयाँ रहेको राष्ट्र बेंकले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ३८ बजे

इरानलाई ट्रम्पको धम्की- वार्तामा नआए पुल र विद्युत् केन्द्रमा आक्रमण गर्ने 

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किन तयार नभए

मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड

काठमाडौं– सांसदहरूले मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य बिमा

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले

‘प्रि-आईपीओका अवैध क्रियाकलाप नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिएका छौँ’

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा