‘भारत आशियानको महत्वपूर्ण साझेदार’ « Khabarhub

‘भारत आशियानको महत्वपूर्ण साझेदार’


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाओसका एक जना वरिष्ठ अधिकारीले भारत दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानको महत्वपूर्ण साझेदार भएको बताएका छन् ।

लाओसको विदेश मन्त्रालयअन्तर्गत आशियान विभागका महानिर्देशक चाटोउलोङ वौसिसवथले भारत आशियानको महत्वपूर्ण साझेदार भएको बताएका हुन् ।

लाओसको राजधानी भिएन्टिएनमा एएनआईसँग कुराकानी गर्दै महानिर्देशक वौसिसवथले हालै भारतले आशियान मुलुकका लागि नयाँ डिजिटलाइजेशनको प्रस्ताव अघि सारेको भन्दै उक्त प्रस्ताव पारित भए भारत र आशियानबीचको सम्बन्ध थप सुदृढ हुने उल्लेख गरे ।

उनले आशियानसँगको सम्बन्धलाई भारतले पनि महत्व दिएको भन्ने आफूलाई लागेको बताए ।हालैमात्र आशियानका केही मुलुक र भारतबीच भुक्तानी सेवामा सहकार्य गर्ने सम्झौता भएको छ ।

यस किसिमको सम्झौताबाट आशियान मुलुकहरुमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि हुने वौसिसवथको विश्वास छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ३७ बजे

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर