बागलुङको बलेवा कालभैरव जीर्णोद्धार गरिँदै | Khabarhub Khabarhub

बागलुङको बलेवा कालभैरव जीर्णोद्धार गरिँदै


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ३४ वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ ।

भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरू निर्माणले गति लिएका छन् । मन्दिरलाई यसै वर्षबाट जीर्णोद्धार गर्न थालिने भएको हो । जसका लागि बजेट विनियोजन भइसकेको छ ।

भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार चालु वर्षमा मन्दिर जीर्णोद्धार गर्नका लागि ३७ लाख बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा २७ लाख सङ्घीय सरकार र १० लाख गण्डकी प्रदेश सरकारबाट मन्दिर जीर्णोद्धार गर्नका लागि बजेट विनियोजन भएको छ ।

असोजदेखि मन्दिर जीर्णोद्धारको काम थालिने ढकालको भनाइ छ । मन्दिर जीर्णोद्धारमा दाताको सहयोग र मन्दिर व्यवस्थापन समितिको कोषलाई परिचालन गरिनेछ ।

विसं २०४७ मा ५० हजार खर्चेर मर्मत गरिएको मन्दिर त्यसयता जीर्णोद्धार गर्न सकिएको छैन । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमा पछिल्लो समय बढेपछि मन्दिरलाई जीर्णोद्धार गरेर चिटिक्क बनाउन थालिएको हो ।

तीन सय वर्षभन्दा पुरानो मन्दिर जीर्णोद्धारमा हालसम्म कसैको ध्यान नपुगको बताउँदै गुठीका अध्यक्ष ढकालले यसैवर्षबाट मन्दिरलाई जीर्णोद्धार गरिने बताए ।

विसं २०४७ सालमा ५० हजार लागतमा मर्मतसम्भार गरिएको बलेवा कालभैरव मन्दिरको स्वरुप अझै उस्तै छ । पछिल्लो समय मन्दिरका नाममा लाखौँ बजेट खर्च भइरहे पनि मुख्य मन्दिर भने जीर्ण अवस्थामै रहँदा पूजा गर्न समस्या भएको र मन्दिर चर्किंदै गएको छ ।

ढुङ्गा माटोको मन्दिरलाई पुनर्निर्माण गरी ३४ वर्षअघि केही ठूलो बनाइएको थियो । अहिले मन्दिरको रेलिङको केही भाग चर्किएको छ । मन्दिरसमेत साँघुरो र पूजा गर्न समस्या हुन थालेको छ ।

मन्दिरको क्षेत्रफल बढाउन ५० लाख लागतमा बागलुङ नगरपालिकाले पक्की पर्खाल बनाएको, तारबार गर्न सहयोग गरिरहेको छ भने गण्डकी प्रदेश सरकारले मन्दिर वरपरको क्षेत्रमा लगानी गरिरहेको छ । तर मुख्य मन्दिर जीर्णोद्धार गर्नका लागि हालसम्म बजेटको व्यवस्थापन नभएको बताउँदै अध्यक्ष ढकालले यस वर्ष मन्दिरलाई पुनर्निर्माण गर्न सुरु गरिने बताए ।

‘मन्दिर जीर्णोद्धारका लागि सङ्घीय सरकारलाई एक करोड माग गरेका थियौँ, बजेट जम्मा २७ लाख आयो, प्रदेशले १० लाख विनियोजन गरेको छ’, ढकालले भने, ‘लामो समय मन्दिर व्यवस्थापन समिति नहुँदा जीर्णोद्धारको काम भएको थिएन, समिति आएको एक वर्षमै मन्दिर जीर्णोद्धारका लागि बजेट आएको छ, बजेटले निरन्तरता पाए, दुई वर्षमा कालभैरव मन्दिर चिटिक्क पर्नेछ ।’ बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ ।

विसं १७८० सालतिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी पदमबहादुर शाहीले बताए ।

मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गइरहेको छ । मन्दिरमा प्रवेशद्वार, चौतारी, सचिवालय भवन र  व्यावसायिक सटर निर्माण सम्पन्न भइसकेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ७ : २२ बजे

पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै

गण्डकी– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा

पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा.

पक्राउ परेपनि बयान दिन मानेनन् युन सुक योलले 

सियोल– महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका

‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्ड’ : अमेरिकाको भिसा लागेपछिको उत्सव

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गरी फागुन १४ गतेबाट प्रदर्शनमा आउन