ऐतिहासिक र धार्मिक महत्त्व बोकेको काँक्रेविहार (फोटो फिचर) « Khabarhub

ऐतिहासिक र धार्मिक महत्त्व बोकेको काँक्रेविहार (फोटो फिचर)


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार – सुर्खेत विरेन्द्रनगरबाट करिब १० मिनेटको दुरीमा रहेको काँक्रेविहार उपत्यकाको सवैभन्दा उचाई र शान्त वातावरणमा रहेको स्थान हो। सुर्खेतको कोलाहाल छल्न र शान्त वातावरणको आनन्द लिन आज भोलि  मानिस यहाँ आउने गर्दछन्।

भग्नावशेषकै रुपमा रहेको बेला वि.सं. २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण पश्चात सो विहारको महत्व बढेको देखिन्छ भने यसको पुननिर्माण कार्य चाहिँ वि.सं. २०७५ गरिएको थियो।

ढुङ्गामा कुदिएका बुद्धका कलाआकृति, विभिन्न बुट्टा हेर्दा यस्तो लाग्छ उत्कृष्ट शिल्पकारी कालिगढको नमुनाकै रुपमा रहेको छ, सो काँक्रेविहार।

सो काँक्रेविहारको ऐतिहासिक र पुरातात्त्विक पक्षको भने अझै गहन अध्ययन, अनुसन्धान र अन्वेषणको आवश्यकता देखिन्छ। विहारको निर्माण १३ औँ शताब्दीतिर भएको अनुमान गरिएको पाइन्छ।

केही तथ्य अनुसार सिञ्जा साम्राज्यका राजा अशोकले वि.सं. १३२५ मा काँक्रेविहार निर्माण गरेका हुन् भन्ने पनि गरिन्छ।

उपत्यकाको उचो भागमा शिखरशैली रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ। ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्व बोकेको काँक्रेविहार कर्णाली प्रदेशकै एक उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेता पनि यसको व्यापक प्रचारप्रसारको भने आवश्यकता देखिन्छ। तस्बिरः नेपाल फोटो लाइब्रेरी।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ९ : ५२ बजे

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी