काभ्रेका पाँच स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा « Khabarhub

काभ्रेका पाँच स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् । 

 काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । हालसम्म तीन नगर र दुई गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । शुक्रबार भुम्लु गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष प्रेमबहादुर भुजेल, जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा घोषणा गरिएको हो । 

गाउँपालिकाभित्रका जन्मदेखि २३ महिनासम्म करिब चार सय बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले जानकारी दिए। 

यस्तै पनौती नगरलाई साउन पहिलो साता पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो । नगरलाई १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाइ पूर्णखोप दिलाएको सुनिश्चितता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेको पनौती नगरलाई जिल्ला खोप समन्वय समितिले प्रमाणपत्र प्रदान गरेको हो । 

काभ्रेको पनौतीसहित पाँच स्थानीय तहले आफ्नो पालिका पूर्णखोप सुनिश्चित घोषणा गरेका हुन् । यसअघि धुलिखेल नगर, नमोबुद्ध नगर  र रोशी गाउँपालिकाले पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरेका हुन् । जिल्लाका अन्य बाँकी आठ स्थानीय तह घोषणाको तयारीमा जुटिरहेको जनाइएको छ । 

गत असार दोस्रो साता धुलिखेल नगरलाई जिल्लामा पहिलो ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको थियो । बर्सेनी पूर्णखोप सुनिश्चितता नगर घोषणा गर्दै आएको धुलिखेल पहिलो स्वस्थ नगर घोषणा तयारीमा रहेको जनाइएको छ । 

‘धुलिखेल नगर नेपालकै पहिलो स्वस्थ नगर घोषणाको तयारीमा छौँ’, नगरप्रमुख अशोक ब्याञ्जुले भने । उनले स्थानीय नागरिकको घरपरिवार सर्वेक्षणमार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताबारे जानकारी लिँदै स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने गरी अशक्त, अपांगता भएका, गरिब, दलित, सीमान्तकृत तथा जेष्ठ नागरिकहरूका हकमा विशेष ब्यवस्था गरिएको बताए । 

धुलिखेलले पहिलोपटक विसं २०६४ मै पूर्णखोप सुनिश्चित भएको नगर घोषणा गरेको थियो । हाल १५ महिना देखि २ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई पूर्णखोप लगाएको वडास्तरबाट घोषणा हुँदै नगरलाई पूर्णखोप सुनिश्चितता भएको हो ।

सात प्रदेशमध्ये पूर्णखोप सुनिश्चित घोषणा गर्न बाँकी बाग्मती प्रदेशभित्रको जिल्लास्थित स्थानीय तहहरूमा घोषणाको तयारी भइरहेको जनाइएको छ । नेपालमा सन् २०१२ बाट पूर्णखोप सुनिश्चितताको सुरुआत भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १ : १२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको