‘दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ?’ « Khabarhub

‘दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ?’


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सरकारमा मन्त्रिपरिषद्‌ र राजनीतिक नियुक्तिमा उपेक्षा गरिएको भन्दै दलित समुदायका प्रतिनिधिहरूले माइतीघरमा प्रदर्शन गरेका छन्‌ ।

‘दलितका लागि दलित अभियान नेपाल’ले उक्त विरोध कार्यक्रम गरेको हो । सरकारले दलित समुदायलाई महत्त्व नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

उनीहरूले ‘दलितलाई मन्त्री खै ?, दलितलाई कानुन खै ?, दलितलाई राजनीतिक नियुक्ति खै ? दलितलाई अधिकार खै ?’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे । साथै, उनीहरूले हातखुट्टामा नालसमेत लगाएर प्रदर्शन गरिरहेका छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद्‌मा एक जना पनि पूर्ण विभागीय दलित मन्त्री छैनन् ।  यसको विरोध भएपछि कांग्रेसले १८ साउनमा समानुपातिक सांसद रूपा विकलाई राज्यमन्त्री बनाएको छ । 

दलितलाई पूर्ण विभागीय मन्त्री नदिएको भन्दै प्रतिनिधि सभामा पनि रास्वपा र राप्रपा लगायतका प्रतिपक्षी दलले कुरा उठाइरहेका छन् । 

शुरूमा मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले एमालेबाट छविलाल विश्वकर्मा र कांग्रेसबाट जीवन परियारलाई मन्त्री बनाउने भनेको थियो । तर, अन्तिममा कोही पनि परेका थिएनन्‌ ।

 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  २ : २४ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट