बाजुरामा पहिरो : चारजना घाइते, पशुचौपाया पनि पुरिए « Khabarhub

बाजुरामा पहिरो : चारजना घाइते, पशुचौपाया पनि पुरिए


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

बाजुरा– अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो ।

पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नं ३ का वडाध्यक्ष मंगल बुढाले जानकारी दिए । तीस परिवारको बसोबास रहेको सो ठाउँमा पशुचौपाया पनि पुरिएका भन्दै विस्तृत विवरण संकलन नभएको उनले बताए । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म उक्त टोली घटनास्थल पुगी नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए। 

पहिरोमा परी चारजना घाइते भएका र केही पशुचौपाया पुरिएको जानकारी आएको भन्दै प्रहरीको उद्धार टोली घटनास्थल पुगेपछि यकिन विवरण संकलन गरिने उनले बताए।
.

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  २ : ३७ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले