मैले सहकारी ठगी गरेको भन्ने समाचार भ्रामक : कांग्रेस उपसभापति गुरुङ « Khabarhub

मैले सहकारी ठगी गरेको भन्ने समाचार भ्रामक : कांग्रेस उपसभापति गुरुङ


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका छन्।

विभिन्न सञ्चार माध्यममा आफ्नाबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले विज्ञप्तिमाफृत् समाचारप्रति आपत्ति जनाएका हुन्।

सोमबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै उपसभापति गुरुङले भनेका छन्, ‘अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्न चाहन्छु।’

उनले श्रीमतीले सहकारीमा काम गरेको र श्रीमतीसँग डिभोर्स भइसकेकाले यो विषयमा आफ्नो नाम जोडिनु गलत भएको दाबी गरेका हुन्। विज्ञप्तिमा गुरुङले भनेका छन्, ‘तत्कालीन मेरी श्रीमती ज्योती गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन्। निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन। जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। साथै निज ज्योतीजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतीजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’

उनले सहकारी अपचलनबारे छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएका छन्। उनले थप भनेका छन्, ‘सहकारीका हजारौं बचतकर्ताको करोडौं रकम अपचलन भएको भन्ने सुन्नमा आएको छ। त्यसबारे जो कसैले अपचलन वा ठगी गरेको भए पनि उक्त सहकारीका सम्बन्धमा सत्य तथ्य अनुसन्धानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै छानबिनको माग गर्न चाहन्छु।’

यो पनि पढ्नुहोस्

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो, ‘मेरो घरबार पनि कुम्भराजले बिगारे’

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ०२ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा