देशभर ८० जनामा हैजाको सङ्क्रमण « Khabarhub

देशभर ८० जनामा हैजाको सङ्क्रमण


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ । 

पछिल्लो तथ्यांक अनुसार ७ जिल्लाका ८० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । 

ईडीसीडीका अनुसार अनुसार हैजा पुष्टि भएका ८० जनामध्ये १ जना अस्पताल भर्ना छन् भने ७९ जना निको भइसकेका छन् । यो तथ्यांक असार पहिलो सातायताको हो ।

ईडीसीडीका अनुसार ललितपुरका ५४ जना र काठमाडौँका १२ मा हैजा सङ्क्रमण भएको हो । यस्तै, कैलालीका ८ जना, प्युठानका २ जना, रोल्पाका ४ जना तथा सिन्धुपाल्चोक र मकवानपुरका एक-एक जनालाई हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ५ : २३ बजे

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने