शिल्पिनीमा ‘ब्याड टच’को ‘फिङ्गर प्रिन्ट’ देखाउने बेदनाको प्रयास « Khabarhub

शिल्पिनीमा ‘ब्याड टच’को ‘फिङ्गर प्रिन्ट’ देखाउने बेदनाको प्रयास


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘शिल्पिनी’को निर्देशक हुन्- बेदना राई । उनको यो डेब्यू निर्देशकीय नाटक हो ।

उनलाई निर्देशनको अवसर मण्डला थिएटरमा आयोजित ‘म्याड फेस्ट’ले दिलाएको हो । भन्छिन्, ‘म आफैँले आँटेको भए कहिले निर्देशन गर्ने थिएँ, थाहा छैन ।’

यद्यपि पाँच वर्षमा सात नाटकको अभिनय अनुभवले आफूलाई निर्देशकीय जिम्मेवारी समाल्हन आँट आएको उनी सुनाउँछिन् ।

भन्छिन्, ‘मैले जिम्मेवारी त सम्हालेँ तर निकै गाह्रो काम रहेछ । नाटक निर्देशकप्रति मेरो सम्मान थप बढेको छ ।’

शिल्पिनीमा निर्देशक बेदनाको प्रयास

यस नाटकका लेखक श्रिया सिंह र रवि किरण हुन् । यस नाटकमा तीन महिला र एक पुरुष पात्र मुख्य भूमिकामा छन् ।

नाटकले शिल्प कलाकार युवतीहरूमाथि कार्यकक्षमा हुने उत्पीडन (ह्र्‍यारसमेन्ट) को घटना उठान गरेको छ ।

प्रायः कमजोर युवती उत्पीडनको शिकार बन्छन् भन्ने भाष्यभन्दा टाढाको विषयलाई नाटकमा देखाउने प्रयास गरेको उनको दाबी छ ।

‘प्राय: कमजोर महिला उत्पीडनमा पर्ने भाष्य छ । शिल्पिनीमा चाहिँ एकदम मिहिनेती र लक्ष्यमा दृढ महिलाहरू कसरी उत्पीडनको शिकार हुन्छ भन्ने देखाइएको छ,’ उनी भन्छिन्, ‘यौन मात्रै नभएर सामाजिक र मानसिक उत्पीडनको पाटो पनि यो नाटकमा छ ।’

उत्पीडनको घटना कानुनी रुपमा वा सम्झौतामा टुङ्गिएपछि नेपथ्यमा परेका पीडितको जीवन र मानसिकता देखाउने प्रयास नै यस नाटक बलियो पक्ष रहेको उनको दाबी छ ।

‘कुनै महिला ह्र्‍यासमेन्ट परिन् । पीडकले माफी वा सजाय पाएपछि त्यो घटना सकिन्छ । त्यसपछि बाँकी समयमा पीडितको मानसिकताबारेमा यो नाटक बनेको हो,’ उनले खुलाइन्, ‘बाँकी दिनमा पीडित कस्तो अवस्थाबाट गुज्रिएकी हुन्छिन् । पीडकले छोएको ठाउँमा पीडितले उसको औँठाको छाप कसरी बसेको महसुस गर्छिन् ? मैले देखाउन खोजेको विषय यही हो ।’

अर्थात्, पीडकले सजाय पाएपछि पीडितले बाँचेको जीवन देखाउन प्रयास आफूले गरेको उनले जवाफ दिइन् ।

अवसरको श्रेय ‘म्याड फेस्ट’लाई 

मण्डलामा अभिनयका लागि बेदना सन् २०२० मा भर्ना भएकी हुन् । त्यसयता उनी सक्रिय अभिनयकर्ममा छिन् ।

भन्छिन्, ‘लकडाउनले तीन महिनाको अभिनय कक्षा लिन १३ महिना लाग्यो । तर त्यसपछि नाटकमै छु ।’

नाटक अभिनयमा करिब ५ वर्षमै निर्देशनमा डेब्यू अवसर पाउने कमै कलाकारमा मध्येकी उनी एक हुन् ।

यद्यपि यसको श्रेय उनी ‘म्याड फेस्ट’लाई दिन्छन् । उनकाअनुसार मण्डलाबाट दिक्षित भएका कलाकारहरुकाे पुनः जम्काभेट गराउने उद्देश्यले यो फेस्टिभलको आयोजना भएको हो ।

उनी भन्छन्, ‘केही महिना अगाडि मण्डलाका पूर्व विद्यार्थीहरुको भेट भएको थियो। त्यो भेटले एउटा नयाँ ऊर्जा दिएर फेस्टिभल गर्ने निर्णय भयो । पूर्वविद्यार्थी र  मण्डलाको सहकार्यमा फेस्टिभल सम्भव भयो ।’

‘शिल्पिनी’ महिला मानसिकताको कथा भएकाले महिला निर्देशक नै खोजी गर्ने क्रममा आफूले अवसर पाएको उनी बताउँछिन् ।

‘मण्डलाबाटै मलाई जिम्मेवारी दिइएको हो । म मात्रै होइन यो फेस्टिभलमा ६ जना नयाँ निर्देशकले अवसर पाउनुभएको छ,’ उनी भन्छिन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ०६ बजे

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्