‘देशले धेरै दल धान्‍न सक्दैन, बलिया राजनीतिक शक्ति चाहिएको छ’ « Khabarhub

‘देशले धेरै दल धान्‍न सक्दैन, बलिया राजनीतिक शक्ति चाहिएको छ’


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक पर्ने बताएका छन् ।

एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले नेपाल नेपालीले नै बनाउने स्पष्ट दृष्टिकोण राख्न आवश्यक रहेको बताए ।

‘देश बनाउने कुरा भिजनको आधारमा हुने गर्दछ, नीतिको आधारमा हुने गर्दछ, नीति, दृष्टिकोण नभएका अराजकताको माध्यमबाट कुनै पनि देश बन्न सक्दैन’, उनले भने ।

पोखरेलले यो देशमा राणा शान अन्त्य गर्ने, पञ्चायत ढाल्ने, प्रजातन्त्र र गणतन्त्र ल्याउने काम पुरानो पुस्ताले नै गरेको स्मरण गराए ।

अहिले स्पष्ट दृष्टिकोणका साथ विकास र समृद्धिको नेतृत्व गर्ने सरकार बनेको पोखरेलले दाबी गरेका छन् ।

देशमा अब राजनीतिक परिवर्तनको आन्दोलन सकिएको बताउँदै पोखरेलले अब विकास र समृद्धिको यात्रामा अघि बढ्नु पर्ने बताए ।

अब साना र धेरै राजनीतिक दल होइन, मुलुकलाई बलियो र समृद्ध बनाउन अब बलिया राजनीतिक शक्ति आवश्यक परेको पोखरेलले बताए ।

‘यो मुलुकमा विकास र समृद्धिको नेतृत्व गर्न सक्ने एका मात्र पार्टी नेकपा एमाले हो’, उनले भने ।

पोखरेलले देश निर्माणको लागि स्पष्ट दृष्टिकोण राख्ने नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने पोखरेलले स्पष्ट पारे ।

एउटा अनुशासित पार्टीले मात्रै यो काम गर्न सक्ने भन्दै त्यो काम एमालेले मात्र गर्न सक्ने उनको दाबी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली देशका नेताहरूमध्ये सबैभन्दा अध्ययनशील र नेपाली समाजलाई बुझेको र विकासको नवीन सोच प्रस्तुत गर्न सक्ने नेता भएको पोखरेलले दाबी गरे ।

‘हामी उहाँको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षाका साथ अघि बढ्न चाहन्छौँ’, पोखरेलले भने ।

पोखरेलले अब सबै नेपाली युवा म बनाउँछु मेरो देश भन्ने सङ्कल्पसहित अघि बढ्नु पर्नेमा जोड दिए । यसो भयो भने समृद्ध नेपाल बनाउन सकिने उनको धारणा छ ।

कार्यक्रममा तीन सयजना नवयुवा एमालेमा प्रवेश गरेका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिएका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ४४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल