दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो | Khabarhub Khabarhub

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती अर्थात् असोज २४ बाट प्रदर्शनमा आउँदैछ ।

हाल उनी सो फिल्मको प्रचारमा व्यस्त छन् । यो दशैँमा उनी फरक अनुभव गरिहहेकी छन् ।

यसअघि परिवार र साथीभाइसँग दशैँ मनाउने उनी यो पटक दौडधुवमा छन् । भन्छिन्, ‘प्रचारमा हिड्दै गर्दा परिवारलाई समय दिन भ्याएकै छैन ।’

उनको व्यस्तता यति छ कि- दशैँका लागि किनमेलको समय पनि निकाल्न पाएकी छैन ।

उनै व्यस्त नीतिसँग दशैँका स्मृति र योजनाबारे गरिएको संक्षिप्त कुराकानी :

दशैँमा आफ्नो अभिनय भएको फिल्म प्रदर्शनमा आउँदा कत्तिको चाप हुने रहेछ ?
– बाल्यकालमा चाहिँ दशैँ भन्ने बित्तिकै म पिङ खोज्दै हिड्थेँ । दसैंको महोल मलाई पिङले नै ल्याउँथ्यो ।

अलि उमेर बढेपछि दशैँ परिवारसँग मनाउने र साथीहरुलाई भेट्ने गरेरे नै बिताइन्थ्यो । खाने र रमाइलो गर्ने नै हुन्थ्यो । अलिअलि तास पनि खेलिन्थ्यो ।

यो पटक मेरो फिल्म दशैँमा नै प्रदर्शन हुने भएको छ । प्रचारमा व्यस्त भएकाले दशैँ नै आएको जस्तो लागेको छैन । दशैँ आयो भन्ने पनि महसुस भएको छैन ।

दशैँमा नयाँ लुगा पनि के लगाउने योजना बनाउन पाएको छैन । फिल्म प्रचारमा हिँड्दा के लगाउने भन्नेमै केन्द्रित छु । यो पटकको दशैँ अलि भिन्न नै भइरहेको छ ।

दशैँमा नयाँ लुगा नै लगाउनुपर्छ भन्ने लाग्छ कि लाग्दैन ?

– चाडबाडको समयमा नयाँ लुगा किनौं न भन्ने त हुन्छ । नयाँ लुगा लगाएर राम्रो देखिन न त मन लाग्छ । धेरै आफन्तको घर पनि जाने भएकाले नयाँ लुगा किनौं न भन्ने लाग्छ ।

मलाई व्यक्तिगतरुपमा चाहिँ दशैँमा नयाँ लुगा लगाउँदा रमाइलो नै लाग्छ । यो चाड नयाँ लुगा किन्ने बाहाना हो जस्तो लाग्छ ।

कुनै दशैँमा नयाँ लुगा नलगाएको छ कि छैन ?

– यसपालीको हुन्छ कि ? यसपाली होला जस्तो छ । लुगा किन्न जाने फुर्सद नै पाएको छैन । अहिले दशैँमा होइन, फिल्मको प्रचारमा हिँड्दा के लगाउनु भन्ने चिन्ता छ ।

के कारणले दशैँले छुएको महसुस हुन्छ ?

– मलाई चाहिँ हावाले दशैँ लागेको महसुस हुन्छ । ठ्याक्क दशैँ लाग्न थालेपछि आकास पनि सफा र राम्रो हुन्छ । हल्का चिसो भएको हो कि जस्तो मौसम हुन्छ । मैसमले नै दशैँ आएको महसुस हुन्छ ।

खोइ के भएको हो ? अर्कै महसुस हुने कुरा चाहिँ– दशैँमा सडक खाली हुन्छ । सडक खाली देख्न थालेपछि ल है दशैँ आएछ भन्ने लाग्छ

पुर्ख्यौली गाउँमा दाङमा दशैँ मनाउनुभएको छ ?

– अहँ, छैन । मलाई थाहा भएसम्म मनाएको छैन । मैले गाउँको दशैँ अनुभव गर्ने नै पाएको छैन ।

यो पटक पिङ खेल्ने योजना छ कि छैन ?

– पहिलाको काठमाडौं खाली थियो र पिङ हाल्नुहुन्थ्यो । अहिले घरैघर छ कहाँ हाल्नु र खेल्नु ?

मलाई पिङ त यसै पनि खेल्न मन लाग्छ । कुनै स्कुलतिर गएँ भने पनि पिङ देखेँ भने खेल्न मन लाग्छ ।

मेरो घर वरपर खाली ठाउँ छैन । हेरौँ कतै मिल्यो भने खेल्नुपर्ला । यसपाली फिल्म प्रदर्शनमा आउने भएकाले खोइ खेल्न पाउने सम्भावना छैन ।
आशिर्वादमा विवाहको कुरा आउँछ कि आउँदैन ?

– अहिले चाहिँ आउन छोडेको छ । राम्रो नायिका बन्नु है भनेर आशिर्वाद आउन थालेको छ ।

केही वर्ष अगाडि चाहिँ छिटै ‘गुड न्युज’ सुन्नुपरोस् भन्नुहुन्थ्यो । अहिले चाहिँ भन्न छोड्नुभएको छ ।

कस्तो आशिर्वाद विशेष लाग्छ ?

– स्वस्थ रहनु भनेर दिएको आशिर्वाद विशेष र राम्रो लाग्छ । म सानो हुँदा ममी र बाबालाई ‘सन्तानले डाँडाकाडा ढाकुन्’ भनेर आशिर्वाद दिनुहुनथ्यो । त्यो चाहिँ आश्चर्य लाग्थ्यो ।

मामाघर जाने कि नजाने ?

– मेरो मामाघर काठमाडौंमा नै हो । मामाघरमा नै हुर्किएको हो म । नजाने कुरै भएन ।

यो दशैँको विशेष योजना ?

– पहिलो पटक मेरो दशैँमा फिल्म लाग्दैछ । परिवारलाई समय दिन भ्याएकै छैन । समय व्यस्थापन गर्न मलाई निकै गाह्रो भएको छ ।

दर्शकलाई के भन्नुहुन्छ ?

– यो हाम्रो महान चाड हो । परिवारसँग मनाउनु । खुशी भएर मनाउनु होला । खर्च विचार गरेर गर्नुहोला ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ७ : ४५ बजे

दुर्घटनामा घाइते सामाजिक अभियन्ता खत्रीको मृत्यु

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन

धानबालीमा मरुवा रोगको समस्या

गोरखा– गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान

द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको

एसएस राजामौलीको फिल्ममा हलिउड निर्देशक जेम्स क्यामरुन 

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार महेश बाबु हाल चर्चित निर्देशक एस.एस.

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ