म्याग्दीको विकट डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण | Khabarhub Khabarhub

म्याग्दीको विकट डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ ।

सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले एक करोड ५९ लाख ८३ हजार सात सय ७२ को लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरेको हो ।

गत दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले बताए ।

भवन परिसरमा घेराबार, फर्निचर, प्रवेशद्वारलगायत संरचना बनाउन चालु आर्थिक वर्ष २०८१–८२ मा एक करोड बजेट प्राप्त भएको छ । एक करोड बजेट विनियोजन भएको आर्थिक वर्ष २०८०–८१ मा ८६ लाख ४३ हजार दुई सय ३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो ।

आव २०७९–८० मा एक करोड बजेट विनियोजन भएकामा सोही निर्माण कम्पनीले ७५ लाख ८६ हजार सात सय ७१ सम्झौता गरेको र ७४ लाख १० हजार चार सय ३७ भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ ।

भुइँ तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । नयाँ भवनबाट स्वास्थ्यचौकीको सेवा सञ्चालनको तयारी गरिएको वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीले बताए ।

सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् ।

वडा नम्बर १ निस्कोटबाहेकको स्वास्थ्यचौकीको भवन निर्माण सकिएको छ । निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १० : ३९ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस