दक्षिणसँगका सबै सीमा बन्द गरेको उत्तर कोरियाको घोषणा « Khabarhub

दक्षिणसँगका सबै सीमा बन्द गरेको उत्तर कोरियाको घोषणा


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाले दक्षिण कोरियासँगका सीमा पूर्ण रुपमा बन्दको घोषणा गरेको छ । उत्तरी कोरियाली नेता किम जोङको सेनाले मंगलबारदेखि दक्षिण कोरिया जाने सबै सडक र रेलमार्ग बन्द गरिएको बताएका छन् ।

यसका साथै सिमाना छेउछाउका क्षेत्रमा पनि सुदृढीकरण गरिनेछ । उत्तर कोरियाको मिडिया हाउस केसीएनएका अनुसार कोरियाली पिपुल्स आर्मीले दक्षिण कोरिया र अमेरिकाको युद्ध अभ्यासको अवलोकनपछि यो निर्णय गरेको जनाएको हो ।

पछिल्लो एक वर्षमा अमेरिकाले कोरियाली प्रायद्वीपमा आफ्ना विमानवाहक जहाज, सैन्य जहाज, लामो दूरीका बमवर्षक र पनडुब्बी पठाएको छ, जसका कारण उत्तर कोरिया आक्रोशित छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त क्षेत्रमा कुनै पनि प्रकारको द्वन्द्व नहोस् भनेर अमेरिकी नेतृत्वको संयुक्त राष्ट्रसंघीय कमाण्ड फोर्सलाई यसबारे जानकारी गराएको बताएको छ । यो बलले उत्तर–दक्षिण कोरिया बीचको डिमिलिटराइज्ड जोनको व्यवस्थापन गर्छ।

यसअघि दक्षिण कोरियाली सेनाले जनवरीदेखि किम जोङको सेनाले सीमामा ल्यान्ड माइन बिछ्याएको बताएको थियो। यसबाहेक, एन्टी ट्याङ्क जालहरू पनि जडान गरिएको छ र अधिकांश रेल पूर्वाधार हटाइएको जनाइएको छ । गत जुनमा सीमामा सैन्य पूर्वाधार बढाउन काम गरिरहेका धेरै सैनिकहरू बारुदी सुरंग विस्फोटमा मारिएपछि यो घटना पुष्टी भएको हो ।

उत्तर कोरियाको यो निर्णयपछि दुई देशबीच तनाव बढ्ने खतरा बढेको छ । उत्तर र दक्षिण कोरियाले यसअघि दोस्रो विश्वयुद्धपछि सन् १९५० देखि ५३ सम्म युद्ध लडेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १० : ५६ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम