बहुउपयोगी जमरा : शिरफूलदेखि ओखतीसम्म « Khabarhub

बहुउपयोगी जमरा : शिरफूलदेखि ओखतीसम्म


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

निधारमा टीका र शरीरमा पहेँलो जमरालाई दशैंको प्रतीक मानिन्छ । घटस्थापनाको दिन सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा खोलाबाट ल्याएको शुद्ध माटोमा धान, गहुँ, मकै, जौबाट उमारिएको जमरा दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ । 

जमराको उपयोगिता दशैंका दिन शिरमा सिउरिन अर्थात कानमा राख्न मात्रै हो भन्ने धेरैको बुझाई छ । दशैंमा जमराको महत्व जति छ, मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुने विज्ञहरू बताउँछन् । 

सिंहदरवार वैद्यखानाका उत्पादन अधिकृत तथा प्राकृतिक चिकित्सक डा. विनोद साह भन्छन्– नियमित रुपमा जमराको जुस खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । 

जमरा जुसको फाइदै फाइदा
डा. साहका अनुसार जमराको जुस आयुर्वेदिक औषधी अन्तगर्त पर्दछ । जसबाट एण्टिअक्सिडेन्ट प्राप्त हुन्छ । साथै जमरामा भिटामिन ए, बी, डी र के का साथै आइरन क्याल्सियम र प्रोटिन पनि पाइन्छ । त्यस्तै यसमा पाइने क्लोरोफिलले क्यान्सर लगायत विभिन्न रोगहरूसँग लड्न सक्ने क्षमता बढाउँछ । मुटु समस्या, नसा सम्बन्धी रोगहरूमा पनि धेरै फाइदाजनक छ । 

यसले कोलेस्ट्रोलको मात्रा पनि घटाउँछ । बिहान र बेलुका खाली पेटमा खाँदा क्यान्सर रोगीलाई धेरै फाइदा गर्दछ । उच्च रक्तचाप र मधुमेह भएका बिरामीहरूमा पनि यसले धेरै फाइदा गर्दछ । शरीरको आन्तरिक शुद्धिकरण गर्ने डा. साह बताउँछन् । 

जमरामा शरीरलाई आवश्यक पर्ने खनिज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ । 

कसरी बनाउने जमराको जुस 
जमरालाई काटेर सफा पानीले धुने र कुटेर जुन हाम्रो घरेलु रुपमा जुस निकाल्ने प्रक्रिया छ, त्यसरी दैनिक रुपमा जुस खान सकिन्छ । एकैपटक धेरै खाने भन्दा पनि बिहान बेलुका १५ देखि २० एमएल खाँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्ने डा. साह बताउँछन् । 

जमरा अरुबेला पनि बनाउन सकिन्छ । तर दशैंमा अरु नै उद्देश्यले जमरा राखिएको हुन्छ । त्यसलाई किन त्यत्तिकै खेर फाल्ने भन्ने हिसाबमा खाने प्रचलन रहेको पाइन्छ । दशैंमा मात्रै नभएर अन्य समयमा पनि दैनिक रुपमा खाँदा यसले शरीरलाई फाइदा नै गर्ने उनले बताए । 

जमरालाई सुकाएर राख्ने र पछि त्यसको जुस बनाएर खाने पनि प्रचलन छ । तर ताजा जुस खानु नै राम्रो डा. साह बताउँछन् । दशैंको बेलामा मात्रै नभएर अरु बेलामा पनि यो बनाउन सकिने भएकाले सकेसम्म नियमित रुपमा नै जमराको जुस सेवन गर्न उनको सुझाव छ । 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १२ : ५६ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा