चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने « Khabarhub

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गरेका छन् । उनले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा)को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताएका छन् ।

लाओसमा चिनियाँ प्रधानमन्त्री ली कियाङसँगको भेटपछि अल्बानिजले भने, ‘यस वर्षको अन्त्यसम्ममा लबस्टरको व्यापार पूर्णरूपमा पुनः सुरु गर्ने समयतालिकामा दुवै पक्ष सहमत भएका छन् ।’

सन् २०१७ यता बेइजिङले वाइन, लबस्टर र काठलगायतका करिब १५ अर्ब अमेरिकी डलर बराबरको अष्ट्रेलियन निर्यातमा कर लगाएको छ ।

वार्षिक करिब आधा अर्ब अमेरिकी डलर बराबरको लबस्टर व्यापार चिनियाँ प्रतिबन्धबाट प्रभावित भएको अस्ट्रेलियाको केही प्रमुख निर्यातमध्ये एक हो। सम्बन्ध सुधारका लागि वर्षौंको प्रयासपछि लबस्टरको आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउन चीन तयार भएको हो । 

चीनले दण्डात्मक करको लहर राजनीतिबाट प्रेरित भएको अस्वीकार गरेको छ । तर हुवावेलाई अष्ट्रेलियाको फाइभजी नेटवर्क चलाउनबाट रोक्ने निर्णय र क्यानबेराले कोभिड–१९ महामारीको उत्पत्तिको अनुसन्धानको लागि कडा आह्वान गरेसँगै यी उपायहरू चालिएको थियो।

बेइजिङले युरोप र संयुक्त राज्य अमेरिकासँग गहिरो व्यापार युद्धको सामना गरिरहेको छ । अमेरिकाले चीनको विद्युतीय वाहन निर्यात, सेमीकन्डक्टर, सौर्य प्यानल र अन्य सामानहरूको दायरामा दण्डात्मक कर लगाएको छ।

सन् २०२५ को सुरुमा पुनः निर्वाचन हुने अपेक्षा गरेका अल्बानिजका लागि बिहीबारको घोषणा महत्वपूर्ण राजनीतिक जित हो । मध्यवामपन्थी नेताले आफ्नो दुई वर्षभन्दा बढी कार्यकालको अधिकांश समय अधिकार र विधिको शासनका विषयमा अझै नसुल्झिएको राजनीतिक मतभेदबाट बेइजिङसँगको महत्वपूर्ण व्यापारिक सम्बन्धलाई अलग्याउने प्रयासमा बिताउनुपरेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  २ : ०३ बजे

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२