अमेरिकाको फ्लोरिडामा आँधीतुफान, धेरै सहरमा आपतकाल « Khabarhub

अमेरिकाको फ्लोरिडामा आँधीतुफान, धेरै सहरमा आपतकाल


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

न्युर्योक– अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ । जसका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो एक हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ । ३ घण्टामा १६ इन्च पानी परेको छ । जुन हरेक ३ महिनामा हुन्थ्यो ।

मिल्टन फ्लोरिडामा पुग्ने यो वर्षको तेस्रो आँधी हो। यो सिएस्टाको तटमा ठोक्नु भन्दा पहिले एक ५ श्रेणी को तुफान थियो। अहिले यसलाई श्रेणी ३ को आँधी घोषित गरिएको छ। यसको बावजुद यो धेरै खतरनाक छ।

आँधीका कारण फ्लोरिडाका धेरै सहरहरूमा १९३ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार फ्लोरिडाका करिब १० लाख मानिसका घर बिजुलीविहीन भएको छ।

२० लाख मानिस बाढीको जोखिममा छन् । अवस्था यति बिग्रिएको छ कि कतिपय क्षेत्रमा जनताको सुरक्षाका लागि तैनाथ प्रहरीलाई समेत सुरक्षित स्थानमा फर्कन निर्देशन दिइएको छ ।

फ्लोरिडाका धेरै सहरमा आपतकाल लगाइएको छ । न्यूयोर्क टाइम्सका अनुसार आँधीसँगै दर्जनौं टोर्नेडो र त्यसबाट भएको क्षतिको जानकारी पनि बाहिर आउन सुरु भएको छ । 

यसै क्रममा न्युर्योक टाइम्सका अनुसार एट्लान्टिक महासागरमा अर्को आँधी ‘लेस्ली’ बनिरहेको छ । तर, अमेरिका पुग्ने सम्भावना भने निकै कम छ । रोयटर्सको रिपोर्ट अनुसार मिल्टन आँधीका कारण अमेरिकालाई ८ लाख करोड डलरको नोक्सानी हुन सक्छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ३ : ४१ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट