तस्बिर रोयटर्स

अन्तर्राष्ट्रिय

हुथी आक्रमणबाट यमनी तटमा रहेको जहाजमा क्षति

By खबरहब

October 10, 2024

दुबई– यमनको हुथी विद्रोहीले महिनौंदेखि गरेको आक्रमणपछि बिहीबार रेड सीमा ‘क्षेप्यास्त्र’ले एउटा जहाजलाई ठक्कर दिएर क्षति पुर्‍याएको बेलायती सामुद्रिक निकायले जनाएको छ ।

बेलायती नौसेनाद्वारा सञ्चालित युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) ले भनेको छ, ‘जहाजका मालिकले अज्ञात प्रक्षेप्यद्वारा प्रहार गरिएको र जहाजमा निरन्तर क्षति पुगेको, कुनै आगलागी वा हताहती भने नभएको रिपोर्ट गरेका छन्।’

इरानसमर्थित हुथी विद्रोहीको कब्जामा रहेको होडेइदाबाट ७० नटिकल माइल दक्षिणपश्चिममा आक्रमण हुँदा नजिकै थप दुई वटा विस्फोट भएको युकेएमटीओले जनाएको छ ।

‘चालक दलका सदस्य सकुशल रहेको बताइएको छ । जहाजहरूलाई सावधानीका साथ ट्रान्जिट गर्न र कुनै पनि शङ्कास्पद गतिविधिको रिपोर्ट गर्न सल्लाह दिइएको छ,’ बेलायती सेनाद्वारा सञ्चालित निकायले भनेको छ। 

इरानसम्बद्ध समूहहरूको ‘प्रतिरोधको’ को एक भाग हुथी लडाकुहरूले नोभेम्बरदेखि रेड सी र एडेनको खाडीमा जहाजहरूलाई लक्षित गर्दै आएका छन् जसलाई उनीहरूले इजरायल–हमास युद्धको समयमा प्यालेस्टिनीहरूको समर्थनको रूपमा वर्णन गरेका छन्।

यी आक्रमणहरूले महत्वपूर्ण व्यापारिक मार्गलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ । आक्रमणको बदलामासंयुक्त राज्य अमेरिका र बेलायतले यमनमा विद्रोहीलाई लक्षित गरी प्रतिशोधपूर्ण आक्रमणहरू सुरु गरेका छन्।