सगरमाथा साहित्य प्रतिष्ठानले गर्‍यो पाँच स्रष्टाको समान    « Khabarhub

सगरमाथा साहित्य प्रतिष्ठानले गर्‍यो पाँच स्रष्टाको समान   


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाले ‘सगरमाथा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न गरेको छ ।

प्रा.डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्य र साहित्यकार कलानिधि दाहालको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा साहित्य, समाजसेवा र पर्यावरणका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरूमा हरिभक्त सिग्देल, मानन्धर अभागी, डा. रेणुका सोलु, हेमन्तराज काफ्ले र ज्योति जंगल थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक ज्ञवालीले लेखेर र बोलेर मात्र साहित्यकार नहुने स्पष्ट गर्दै त्यसका लागि आफूभित्र आत्मविश्वास र लगनशीलता आवश्यक भएको बताए ।

सो अवसरमा संस्थाका अध्यक्ष बुद्धिबल श्रेष्ठ, उपाध्यक्ष भैरवी भूगोल, नेपाल शाखा प्रमुख अमन एकल र केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले संस्थाका गतिविधि र आगामी योजनाका विषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कवि तथा साहित्यकार सुमित्रा सुमी, मन्दिरा मधुश्री, टुकादेवी पौडेल आचार्यले आआफ्नो रचना पाठ गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ४६ बजे

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार