सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त « Khabarhub

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुईजना न्यायाधीश नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई आइतबार सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीश निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेको शीतल निवासले जनाएको छ ।

यसअघि शुक्रबार सर्वोच्च अदालतका दुवैजनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्म अनुमोदन गरेको थियो ।

दुवै प्रस्तावित न्यायाधीशहरूले कार्ययोजना सांसदहरूलाई सुनाएपछि उनीहरूको नाम सर्वोच्चको न्यायाधीशमा अनुमोदित भएको थियो ।

सुनुवाइ समितिले गत असोज १५ गते सूचना निकालेर न्यायाधीशहरूविरुद्ध उजुरी मागेको थियो ।

प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध २ वटा उजुरी थिए । तिनको सुनुवाइपछि नाम अनुमोदन गरिएको हो । उता पाण्डेविरुद्ध कसैले उजुरी दिएका थिएनन् ।

निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधीश थिए । न्यायाधीशमा अनुमोदन भइसकेपछि निरौला प्रधानन्यायाधीशको रोलक्रममा पुग्ने बताइएको छ ।

निरौला कम्तीमा १२ वर्षसम्म सर्वोच्चमा रहनेछन् । यस्तोमा उनी प्रधानन्यायाधीश हुन सक्नेछन् । उनी टेकप्रसाद ढुंगानापछि प्रधानन्यायाधीश हुने गरी सिफारिस गरिएको हो ।

तलमाथि नभएमा ढुंगाना २०९३ पुस ६ मा ६५ वर्षे उमेर हदका कारण अवकाश जानेछन् । ढुंगाना अवकाशमा गएपछि निरौला २०९३ पुस ६ देखि माघ २५ गतेसम्म प्रधानन्यायाधीश हुन सक्नेछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ४२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार