स्वास्थ्यका केही कर्मचारीको जिम्मेवारी हेरफेर  « Khabarhub

स्वास्थ्यका केही कर्मचारीको जिम्मेवारी हेरफेर 


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।

गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र सिंहदरबार वैद्यखानाको नेतृत्व सम्हालिरहेका डा. प्रदिप केसीलाई वैद्यखानामै केन्द्रित गर्ने निर्णय गरिएको छ। विभागको नेतृत्व अहिलेलाई खाली राखिएको छ ।

त्यस्तै स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशकबाट केही समयअघि मात्रै टेकु अस्पताल पठाइएका डा. अनुप बास्तोला मन्त्रालय ल्याइएका छन् । उनलाई मन्त्रालयमै विशेष जिम्मेवारी दिने गरी सरुवा गरिएको बताइएको छ ।

गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ । त्यहाँ कार्यरत डा. विप्लव सापकोटाको स्थानमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा.अशोक श्रीपाइलीलाई पठाइएको छ। डा. सापकोटालाई त्यही राखिएको छ ।

त्यसै गरी स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा. भक्त केसी मन्त्रालयको समन्वय महाशाखामा सरुवा भएका छन् । डा. केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : २३ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १