स्वास्थ्यका केही कर्मचारीको जिम्मेवारी हेरफेर  « Khabarhub

स्वास्थ्यका केही कर्मचारीको जिम्मेवारी हेरफेर 


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।

गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र सिंहदरबार वैद्यखानाको नेतृत्व सम्हालिरहेका डा. प्रदिप केसीलाई वैद्यखानामै केन्द्रित गर्ने निर्णय गरिएको छ। विभागको नेतृत्व अहिलेलाई खाली राखिएको छ ।

त्यस्तै स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशकबाट केही समयअघि मात्रै टेकु अस्पताल पठाइएका डा. अनुप बास्तोला मन्त्रालय ल्याइएका छन् । उनलाई मन्त्रालयमै विशेष जिम्मेवारी दिने गरी सरुवा गरिएको बताइएको छ ।

गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ । त्यहाँ कार्यरत डा. विप्लव सापकोटाको स्थानमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा.अशोक श्रीपाइलीलाई पठाइएको छ। डा. सापकोटालाई त्यही राखिएको छ ।

त्यसै गरी स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा. भक्त केसी मन्त्रालयको समन्वय महाशाखामा सरुवा भएका छन् । डा. केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : २३ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै