सुवर्ण शमशेर लोकतान्त्रिक राजनीतिलाई चलायमान गराउने नेता हुनुहुन्थ्यो : मन्त्री पाण्डे  « Khabarhub

सुवर्ण शमशेर लोकतान्त्रिक राजनीतिलाई चलायमान गराउने नेता हुनुहुन्थ्यो : मन्त्री पाण्डे 


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुवर्ण शमशेर राणा नेपाली कांग्रेसप्रति समर्पित र तत्कालीन लोकतान्त्रिक राजनीतिलाई चलायमान गर्ने नेता भएको बताएका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर जबराको ४७ औँ स्मृति दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

उनले बिपी, सुवर्ण शमशेर ,गिरिजाप्रसाद कोइराला ,गणेशमान सिंह कृष्णप्रसाद भट्टराई लगायतका नेताहरू प्रति एक अर्कोमा हार्दिकता, आत्मीयता र सद्भाव रहेको बताए ।

उनीहरूको त्याग अनुपम भएको उल्लेख गर्दै आफू नै मन्त्री वा पार्टी सभापति बनिरहनु पर्छ भन्ने भावना उनमा नभएको बताए ।

वीपी पत्नी सुशीला कोइरालाले आफ्ना पतिलाई प्रधानमन्त्री नभई सुवर्णलाई प्रधानमन्त्री बन्नका लागि अनुरोध गर्दासमेत उनले आफू नभई बिपी नै बन्नका लागि अनुरोध गरेको स्मरण गर्दै राजाले गणेशमानसिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यो कुरा अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई अघि सारेको स्मरण गरिन् ।

उनले देशमा विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्नका लागि एमालेसँग सहकार्य गर्नु परेको उद्घोष गरेकी छन्  ।

मन्त्री पाण्डेले भने, नेपाली कांग्रेसको प्रमुख प्रतिस्पर्धी नेकपा एमाले नै हो । राजनीतिक अस्थिरता चिर्नका लागि एमाले सँग सहकार्य गरेका हौँ । ०८४ सालमा पनि कांग्रेस–एमालेबीच नै प्रतिस्पर्धा हुने हो ।’

उनले नेपाली कांग्रेस नेतृत्वमा नै मुलुकमा ००७ सालको प्रजातन्त्र स्थापना, ०१५ सालमा पहिलो पटक आम निर्वाचन ,०४६ सालको जनआन्दोलन हुँदै,०६२/०६३ सालको दोस्रो जनआन्दोलनको समेत नेतृत्व गरी संविधानसभा मार्फत संविधान जारी गरेको दाबी गरे ।

सुवर्ण स्मृति दिवसको अवसरमा सुवर्णका समकालीन राजनीतिक व्यक्तित्व एवम् प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका सुनदेवी जोशी (चितवन), रामनारायण देव(सप्तरी ) र महेश्वर कुमार कोर्माचा (ओखलढुंगा) लाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस पार्टीको केन्द्री सदस्य मधु आचार्य, मदनकृष्ण श्रेष्ठ, ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ०४ बजे

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत