कालिकोट जिप दुर्घटना : सबै घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो « Khabarhub

कालिकोट जिप दुर्घटना : सबै घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालीकोटको पलाँता गाउँपालिका-३ स्थित राडीनेटामा भएको जिप दुर्घनाका घाइतेहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ ।

घाइतेहरूलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि भर्ना गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कालिकोटको पलाँता गाउँपालिकाको थिर्पुदेखि राम्नाकोट जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप राडीनेटामा दुर्घटना भएको थियो ।

जिप सडकबाट करिब २ सय मिटर तल खस्दा दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ०८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले