सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार « Khabarhub

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

सर्लाही – अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन् ।

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको हो ।

इलाका प्रहरी कार्यालय कर्मैयाक प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीका अनुसार गोली बोम्जनको गालामा लागेको हो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी सहायक निरीक्षक शाहीको नेतृत्वमा टोली घट्नास्थलमा पुगेको थियो । घाइते प्रधानाध्यापक बोम्जनको बागमतीस्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि बारा लगिएको प्रहरीले जनाएको छ ।

प्रधानाध्यापक बोम्जन रौतहटको गैयाटारस्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना४०प ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए । उनी मकवानपुरको बकैया गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : २६ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी