युक्रेन शान्ति वार्ता यसै हिउँदमा : डोनाल्ड « Khabarhub

युक्रेन शान्ति वार्ता यसै हिउँदमा : डोनाल्ड


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताएका छन्‌ ।

आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहेका टस्कले अर्को महिना युरोपेली सङ्घ (ईयू) को अध्यक्षता सम्हाल्दैछन्‌ । उनले विदेशी अधिकारीहरूसँग हुने आगामी वार्ताहरूको पनि घोषणा गरे ।

उनले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गर्ने र बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पोल्यान्डमा स्वागत गर्ने बताए ।

‘हाम्रो (ईयू) को अध्यक्षता राजनीतिक परिदृश्यका लागि सह–जिम्मेवार हुनेछ र सायद (शान्ति_ वार्ताको अवस्था कस्तो हुनेछ जुन यही हिउँदमा सुरु हुन सक्छ, यद्यपि अझै केही प्रश्न छन्’, टस्कले पत्रकारहरूलाई भने, ‘आज मैले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग यस विषयमा कुरा गर्ने मौका पाउनेछु ।’

करिब तीन वर्षअघि रूसले आक्रमण गरेदेखि पोल्यान्ड युक्रेनको बलियो समर्थक बनेको छ । ईयू र नाटो सदस्यहरूले किएभलाई पश्चिमी सैन्य सहायताका लागि महत्त्वपूर्ण रसद केन्द्रको रूपमा काम गर्छन् ।

टस्कले भने, ‘म्याक्रोन पर्सि सहरमा हुनुहुनेछ । उन हामीलाई पेरिस वार्ताको नतिजाबारे जानकारी दिन चाहनुहुन्छ ।’

म्याक्रोन, जेलेन्स्की र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शनिबार पेरिसमा त्रि–पक्षीय बैठक गरेका थिए । उक्त बैठकलाई टस्कले ‘छोटो तर महत्त्वपूर्ण’ भने ।

फेब्रुअरीमा चुनावअघि जनमत सर्वेक्षणमा शीर्ष स्थान ओगटेका जर्मन विपक्षी नेता फ्रेडरिक मेर्ज पनि किएभको भ्रमणपछि पोल्यान्ड आउने टस्कले जानकारी दिए ।

उनले स्क्यान्डिनेभियन र बाल्टिक सहयोगीहरूसँग ‘निरन्तर सम्पर्कमा’ रहेको बताए । ती सहयोगीहरूले ‘पोल्यान्ड र पोल्यान्डको ९ईयू० अध्यक्षतामा युक्रेन र रुसबीच शान्ति–निर्माणका लागि नेतृत्वदायी भूमिका’ देखेका छन् ।

‘मैले स्विडेनका प्रधानमन्त्रीसँग कुरा गरेँ र केही घन्टामै एस्टोनियाका प्रधानमन्त्री यहाँ वार्सामा हुनुहुनेछ’, टस्कले भने ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १० : ४३ बजे

सर्वोच्च अदालत : ‘हदम्याद, तारेख र म्याद थप अनुमति’

काठमाडौं– सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप

विगतका चुनावमा अन्तर्घात गर्ने सबै नेता-कार्यकर्तालाई माफी दियो कांग्रेसले

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा पार्टीको अनुशासन उल्लंघन

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको

प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका

‘एभरेष्ट समिटियर्स समिट’को दोस्रो सम्मेलन मे २७ मा

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी