‘एभरेष्ट समिटियर्स समिट’को दोस्रो सम्मेलन मे २७ मा « Khabarhub

‘एभरेष्ट समिटियर्स समिट’को दोस्रो सम्मेलन मे २७ मा


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीको दोस्रो सम्मेलन ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आगामी मे २७ मा हुने भएको छ ।

हिमाल संरक्षण र नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील एभरेष्ट एलायन्स नेपालले आज पत्रकार सम्मेलन गरी सम्मेलन मे २७ मा गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा एलायन्सका अध्यक्ष सुदर्शन नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई दोस्रोपटक एउटै मञ्चमा ल्याउन समिट आयोजना गर्न लागिएको जानकारी दिए । 

‘नेपालको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा प्रचार गर्न र हिमाल संरक्षण गर्नका लागि गत वर्षदेखि उक्त सम्मेलन सुरु गरेका हौँ । आगामी वर्ष पनि त्यसलाई निरन्तरता दिने निर्णय भएको छ । जसअनुसार समिटमा भाग लिन इच्छुक स्वदेशी तथा विदेशी आरोहीका लागि दर्ता खुला गरेका छौँ’, उनले भने ।

सोही संस्थाका प्रमुख सल्लाहकार एवम् नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाँईले नेपालमा रहेका सेता हिमालको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने सन्देश प्रवाह गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए  । हिमालयको दिगो भविष्यका लागि उक्त समिट महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने उनको भनाइ थियो ।

संस्थाका रणनीतिक प्रमुख श्रद्धा क्षेत्रीले सरकार र विभिन्न पर्यटन सङ्घसंस्थाको सहकार्यमा दोस्रोपटक ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आयोजना गर्न लागिएको जानकारी दिइन् ।

एकदिने अन्तर्राष्ट्रिय सम्मेलनमा हिमनदी पग्लिने समस्या, हिमालको फोहोर व्यवस्थापन, आरोहीको समृद्धिलगायत विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

हालसम्म विश्वभरका सात हजारभन्दा बढीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् । तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । रासस

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : ३४ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय