२६औँ पोखरा सडक महोत्सव हुँदै | Khabarhub Khabarhub

२६औँ पोखरा सडक महोत्सव हुँदै


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी– रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६औँ पोखरा सडक महोत्सव हुने भएको छ ।

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको सडक महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए ।

उनका अनुसार हरेक वर्ष लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गर्न लागिएको हो ।

महोत्सव पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण बन्दै गएको रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले उल्लेख गरे । कला संस्कृति प्रवर्द्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उनको भनाइ छ ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिताहरू रहेका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले जानकारी दिए ।

यस वर्ष लमजुङबाट कृष्ण चरित्रका साथै भोजपुरी नृत्य आदि सांस्कृतिक प्रस्तुतिका साथै छिमेकी राष्ट्र भारत र चीनका सांस्कृतिक प्रस्तुति समेत रहने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ७ : ३२ बजे

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका