एनपीएलको दोस्रो खेलमा कर्णाली र पोखराको भिडन्तः सोमपाल बन्दैछन् कुशललाई चुनौती « Khabarhub

एनपीएलको दोस्रो खेलमा कर्णाली र पोखराको भिडन्तः सोमपाल बन्दैछन् कुशललाई चुनौती


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा मंगलबार कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन्।

दोस्रो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार दिउँसो १ बजे सुरु हुनेछ। चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ।

कणालीका लागि रन जोड्न दौडिदै शिखर धवन । 

कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा हुनेछ भने पोखरा कुशल भुर्तेलको नेतृत्वमा प्रतिस्पर्धामा उत्रिनेछ। पोखराका कप्तान एवम् मार्की प्लेयर कुशलको ब्याटिङ अझै चल्न सकेको छैन। राष्ट्रिय टिमका ओपनर उनले दुई खेलमा ब्याटिङ गर्दा केबल ६ रन बनाएका छन्।

कुशल चितवनसँगको खेलमा पहिलो बलमै आउट भए। जनकपुर बोल्ट्सँगको दोस्रो खेलमा कुशलले ६ बलमा ६ रन बनाए। यी दुवै खेलमा पोखरा पराजित भयो।

पोखराले आफ्नो तेस्रो खेलमा लुम्बिनीलाई हरायो। त्यस खेलमा कुशलले ब्याटिङ गर्नै पाएनन्। पोखराका ओपनर दिनेश खरेल र एन्ड्रिज गौस १७६ रनको कीर्तिमानी साझेदारीसहित नतिजा आफ्नो पक्षमा पारे।

सुरुवाती खेलमा कुशलको ब्याटिङ चल्न नसकेकाले कर्णालीसामु टिकेर राम्रो रन बनाउनुपर्ने चुनौती छ।

मंगलबार कर्णालीसँग प्रतिस्पर्धा गर्दा पोखरा दोस्रो हार टार्न संघर्षरत हुनेछ। यता कर्णाली भने तेस्रो हार टारेर, तेस्रो जितका लागि संघर्ष गर्नेछ। कर्णाली याक्सका ओपनर भारतीय चर्चित क्रिकेटर शिखर धवन घर फर्किसकेका छन्। अब कप्तान सोमपालले ओपनिङमा कसलाई ल्याउँछन् त्यो हेर्न बाँकी छ। एनपीएलको पहिलो सिजनमा स्टार खेलाडीले भरिएको याक्सलाई खेलाडी छान्न भने ठुलो सकस छैन।

एनपीएल अन्तर्गतका १५ वटा खेल सकिँदा चार खेलमा अपराजित जनकपुर आठ अंकसहित शीर्ष स्थानमा छ। सुदूरपश्चिम र चितवनको समान ६ अंक भए पनि रनरेटका आधारमा अंक तालिकामा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा छन्।

चारमा दुई खेल जितेको कर्णाली चौथो स्थानमा छ भने एकएक खेल जितेका पोखरा, काठमाडौं र विराटनगर क्रमशः पाँचौ, छैटौ र सातौं स्थानमा छन्। लुम्बिनी भने चार खेल खेलिसक्दासमेत अंकबिहीन छ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ०६ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा