एनपीएल : लुम्बिनीविरुद्ध चितवन बलिङमा « Khabarhub

एनपीएल : लुम्बिनीविरुद्ध चितवन बलिङमा


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर चितवनले फिल्डिङ रोजेपछि लुम्बिनी ब्याटिङमा उत्रिएको छ ।

लुम्बिनी रोहित पौडेल र चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।

यसअघिका चार खेलमा पराजित भएको लुम्बिनी दबाबमा रहेको छ । चितवन भने चारमध्ये तीन खेलमा जित र एकमा हार बेहोर्दै ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।

चितवनविरुद्धको खेलमा लुम्बिनीको लक्ष्य खाता खोल्ने हुनेछ। चितवन भने लगातार पराजित लुम्बिनीलाई दबाबमा राख्दै अंक बढाउन चाहन्छ।

यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

यता, चितवनले भने काठमाडौं, पोखरा र चितवनलाई हराएको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ५९ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी