लुम्बिनीद्वारा चितवनसामु १६८ रनको लक्ष्य « Khabarhub

एनपीएल क्रिकेट

लुम्बिनीद्वारा चितवनसामु १६८ रनको लक्ष्य


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत लुम्बिनी लायन्सले चितवन राइनोजसामु १६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएकाे छ ।

लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ८० रनको योगदान गरे । यस्तै, साद बिन जफरले अविजित ५२, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए ।

चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक–एक विकेट लिए ।

लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानमा रहेको छ भने चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।

यसअघिका चार खेलमा पराजित भएको लुम्बिनी पहिलो जितको खोजीमा रहेको छ । यस्तै, चारमध्ये तीन खेलमा जित र एकमा हार बेहोरेको चितवन चौथो जित निकाल्ने योजनामा छ ।

यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

यता, चितवनले भने काठमाडौं, पोखरा र चितवनलाई हराएको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १० : ३४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा