विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनुपर्छ : महर  « Khabarhub

विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनुपर्छ : महर 


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोक्रेसी) लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘प्राज्ञिक विमर्श’ कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, व्यक्तिगत रूपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्ने आवाज उठाउँदै आएको छु । विश्वविद्यालयकोश्वायत्तता र गरिमा बढाउने पक्षमा दृढतापूर्वक नेपाली कांग्रेस उभिँदै आएको छ’ ।

शिक्षाको उन्नयनका लागि कांग्रेसले देशब्यापी रूपमा ‘शिक्षा नीति बहस अभियान’ संचालन गरेको महरको भनाई थियो ।

त्रिभुवन विश्वविद्यालय मात्र नभई नेपालका सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुँदा उच्च शिक्षालाई विश्व प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सकिने नेता महरको भनाइ छ ।

यस्तै महरले त्रिविको १४ सय रोपनी जग्गा हिनामिनामा संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १ : ५० बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट