तिल्की धान बिक्रीबाट मनग्य आम्दानी « Khabarhub

तिल्की धान बिक्रीबाट मनग्य आम्दानी


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

देउखुरी – दाङका मुक्त कमलरी कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरी सामूहिक खेती गरेर आम्दानी गर्न थालेका छन् ।

तुलसीपुर–१६ का सीता चौधरी सो सहकारीको कोषाध्यक्ष हुन्।  उनले कमलरी मुक्त भएपछि सहकारीमा आबद्ध भएर काम गर्दै आएकी छन् । सहकारीले प्रतिकट्ठा र तीन हजार वार्षिक भाडा दिने सर्तमा ३५ कट्ठा जमिन लिएको छ । सोही जमिनमा गत वर्षदेखि सहकारीले तिल्की धानखेती गर्न थालेको उनले बताइन्।

‘सामूहिक रूपमा धानखेती गर्दा समयमा रोपाइँ हुन्छ, काट्न, दाउन पनि सबै सदस्य मिलेर गर्छौं’, उनले भने।

गत वर्ष फलेको ५५ क्विन्टल धानमध्ये ५० क्विन्टल बिक्री गरेर गत वर्ष चार लाख आम्दानी भएको उनले बताइन्।

 ‘अब गत वर्षको पाँच क्विन्टल धान मात्रै बाँकी रहेको छ, त्यो पनि माग आएको छ कुटाएर बिक्री गर्ने तयारीमा छौँ’, उनले भने, ‘गत वर्ष धेरै जसो धान बिक्री भयो बाँकी चामल बनाएर बिक्री गरेका थियौँ ।’

सोही सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले ४० किलो धानको बीउ निःशुल्क दिएको बताइन्।

‘सोही धानको बीउ ३५ कट्ठा खेतमा रोपेको ६० क्विन्टल फल्यो’, उनले भने, ‘अन्य सामान्य धानभन्दा यो धान महङ्गोमा बिक्री हुने गरेको छ, अरू धान तीन हजार चार सयमा बिक्री हुन्छ ।’

तिल्की धान आठ हजार प्रतिक्विन्टलमा बिक्री भइरहेको उनले बताए।

बाह्र क्विन्टल धान बिक्री गरेर ९६ हजार आम्दानी भइसकेको उनले बताइन्। चामल १५ हजार प्रतिक्विन्टलमा बिक्री भएको उनले बताइन्। उनले भनिन्, ‘संस्थामा रहेका पदाधिकारीले गत वर्ष परम्परागत तिल्की धानखेती गरेका थियौँ, राम्रो आम्दानी भएपछि यस वर्ष पनि निरन्तरता दिएका हौँ ।’

गत वर्षभन्दा यस वर्ष उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उनको भनाइ छ । चार सय ७० जना सदस्य रहेको सो सहकारीका सबै सदस्यले सामूहिक खेती गर्ने र बिक्री गरेको पैसा सहकारीमा जम्मा गर्ने गरेको अध्यक्ष चौधरीले बताइन्।

जैविक मल प्रयोग गरेर खेती गरेको उनले बताए। चामल ढुवानीमा समस्या रहेको उनले बताए। चामल ‘ब्रान्डिङ’ गरेर लोगो राख्न पाए बिक्री गर्न सजिलो हुने उनको भनाइ छ । वडा र तुलसीपुर उपमहानगरपालिकासँग प्रशोधन तथा बजारीकारणको माग गरेको उनले बताए।

विसं २०७० असार १३ गते नेपाल सरकारले कमलरीलाई मुक्त घोषणा गरेको थियो । मुक्त भएपछि कमलरी सङ्गठित हुनुपर्छ भन्ने उद्देश्य लिएर मुक्त कमलरी विकास मञ्च नामको साझा संस्था स्थापना गरिएको थियो । मुक्त कमलरीले आर्थिक समाजिकरुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम गरिरहेका छन् । सहकारीमा १४ हजार सात सय २१ सदस्य रहेका छन् ।

सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारीखेती, कुखुरापालन, बङ्गुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिइन्।

उनले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरेर आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताइन्। तुलसीपुर–१८ मा रहेको गन्यारी कृषि सहकारी संस्थाले दाङमा नमूना काम गरेको उनले बताइन्।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ०६ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको