भुर्तेल फेरि फ्लप हुँदा पोखराको तेस्रो हार, कर्णालीको तेस्रो जित « Khabarhub

कर्णाली भर्सेस पोखरा

भुर्तेल फेरि फ्लप हुँदा पोखराको तेस्रो हार, कर्णालीको तेस्रो जित


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तगर्तको सत्रौँ खेलमा मंगलबार पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सले ७ विकेटको सहज जित निकाल्यो ।

पोखराले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै प्रस्तुत गरेको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमै पूरा गरेको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको कर्णालीका बलर विलियमको बलले पोखराका ब्याटरलाई सस्तैमा पवेलियन फर्कायो ।

प्रतियोगितामा ५ खेल खेलेको कर्णालीलाई तेस्रो जित हात पार्न विलियम बलिङ प्रभावकारी बन्यो ।

अस्ट्रेलिय अलराउन्डसमेत रहेका विलियमा यही खेलमा जारी एनपीएलको एकै खेलमा सर्वाधिक ६ विकेटको कीर्तिमान राखे ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनरसमेत रहेका तथा पोखराका कप्तान कुशल भुर्तेल पनि उनकै बलको शिकार बने ।

२० रन जोडेका वेस्ट इन्डिजका अलराउन्डरसमेत रहेका पोखराका रेमन रिफरलाई विलियमले नै चाडविक वाल्टनमार्फत् क्याच आउट गराए ।

इङल्यान्डका अलराउन्डरसमेत रहेका म्याथ्यु क्रिचली पनि विलियमको बलको सामना गर्न सकेनन् ।

उनले पोखराका दीलिप नाथलाई पनि सस्तैमा समेटे । दिलिप ३ रन जोडेर मैदानबाट बाहिरिए ।

पोखराका माइकल लिस्क ३ र नारायण जोशी १ रन जोडेर लियमकै बलको शिकार भए ।

यस खेलमा विलियमले ४ ओभर बलिङ गर्दा ६ विकेट लिए । तथापि आजको खेलमा ४ ओभर बलिङ गर्ने मध्येका खर्चालु बलर हुन् । उनले २८ रन खर्चिए ।

तस्बिर : चिरायु शाक्य

क्रिजमा टिक्न सकेनन् भुर्तेल

जारी प्रतियोगितामा चल्न नसकेका घरेलु खेलाडीहरूको सूचीमा कुशल भुर्तेल अग्रस्थानमै आउँछन् ।

नेपाली राष्ट्रिय टिमका ओपनरसमेत रहेका पोखराका कप्तानले कर्णालीविरुद्धको आजको खेलमा मात्रै दोहोरो रन बनाएका हुन् । उनी आज पनि सस्तैमा अर्थात् १० रनमा आउट भए ।

चितवन राइनोजसँगको खेलमा भुर्तेल रनको खाता नखोली पवेलियन फर्किएका थिए ।

जनकपुरसँगको खेलमा उनले ६ रन जोडेका थिए । पोखराको ४ मध्ये ३ खेलमा ब्याटिङ गर्न पाएका भुर्तेलले अहिलेसम्म १६ रन मात्रै जोडेका छन् ।

पोखराको तेस्रो हार, कर्णालीको तेस्रो जित

एनपीएलमा पोखराले ४ खेल खेलेको छ । जसमा ३ खेल हारेको र १ खेल जितेको पोखरा २ अंकसहित तालिकाको अन्तिम दोस्रो अर्थात् सातौँ स्थानमा छ ।

पोखरा पहिलो खेलमा चितवन, दोस्रो जनकपुर र चौथो खेलमा कर्णालीसँग पराजित भएको हो । तेस्रो खेलमा भने लुम्बिनीसँग जित निकालेको हो ।

आजको हार पोखराका लागि ४ खेलमा तेस्रो हार हो ।

त्यस्तै, ५ खेल खेलेको कर्णालीको लागि पोखराविरुद्धको जित तेस्रो हो । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग लगातर हारेको थियो ।

चिवतन राइनोजविरुद्धको आफ्नो तेस्रो खेलमा भने कर्णालीले पहिलो पटक जितको स्वाद थाहा पायो ।

अघिल्ला दुई खेल लगातार हारेको कर्णालीले पछिल्ला तीन खेलमा लगातार जित निकालेको छ ।

चिवतनपछि कर्णालीले विराटनगर र पोखरालाई हराएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ०५ बजे

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

नयाँदिल्ली– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन

ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ ।

झिनो अंकले घट्यो नेप्से, १२५ वटा कम्पनीको बढ्यो मूल्य

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अंकले घटेको छ

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सावित

बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट