गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’ « Khabarhub

गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक एक रुपैयाँ बचत अभियान सञ्चालन गरेको छ । गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’ अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो ।

यसका लागि ‘विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रमको कार्यविधि– २०८०’ तयार गरेर विद्यार्थीले अनिवार्यरूपमा बैंकमा खाता खोल्नुपर्ने प्रावधान ल्याइएको छ ।

पालिकाभित्रका विद्यार्थीले बैंक खाता खोलिसकेको बताइएको छ । विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्न सो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सो कार्यक्रममा सहभागी भएका छन् ।

गाउँपालिकाले प्राइम कमर्सियल बैंकसँग सम्झौता गरेर काम अगाडि बढाएको हो । विद्यार्थीको सम्पूर्ण विवरण सङ्कलन गरेर बैंक खाता विद्यालयबाट नै खोलिएको जनाइएको छ ।

विद्यार्थीको हाजिरी हेरेर उपस्थित भएको दिनको मात्र रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ । यसले विद्यार्थीलाई विद्यालयमा उपस्थित हुनसमेत हौसला मिल्ने अपेक्षा लिइएको छ । यसमा विद्यार्थीले समेत बचत गर्नुपर्ने व्यवस्था छ ।

यसमा विद्यार्थीको तर्फबाट समेत दैनिक एक वा सोभन्दा बढी रकम बचत गर्ने व्यवस्था मिलाइएको छ । बचत पासबुक मार्फत रकम जम्मा गरिने प्रावधान मिलाइएको छ । दैनिकरूपमा बचत गर्न चाहे पनि व्यवस्था मिलाइएको र मासिक बचत एकै पटक गर्न चाहे त्यसको समेत व्यवस्था मिलाइएको छ ।

कार्यक्रमका लागि प्राइम कमर्सियल बैंकले समेत दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । प्रत्येक विद्यार्थीको खाता खोल्दा बैंक खातामा रु १००  दरले जम्मा गर्ने गरी गाउँपालिकासँग सम्झौता भएको छ । पालिका भित्र ३० सामुदायिक विद्यालय छन् । कार्यक्रममा दुई हजार पाँच सय विद्यार्थी सहभागी भएको बताइएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १० : ३९ बजे

मधेशकी समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त

जनकपुरधाम– मधेश प्रदेशकी महिला तर्फ समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं– एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली– भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

मुम्बई– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी

व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्नेमा जोड

बेलबारी–  स्थानीयस्तरमा जडान गरिने सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना