अध्ययन केन्द्र बन्दै भक्तपुर | Khabarhub Khabarhub

अध्ययन केन्द्र बन्दै भक्तपुर


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– देशविदेशका लागि भक्तपुर अध्ययन केन्द्र बन्न थालेको छ । देशकै सबैभन्दा सानो जिल्लाको सबैभन्दा सानो भक्तपुर नगरपालिकामा दैनिक देशविदेशबाट अध्ययन भ्रमण गर्न आउनेहरुको लर्कोले यस्तो देखिएको हो । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चालु आर्थीक वर्षको साउन १ देखि पुस २३ गतेसम्ममा यस नगरपालिकामा चीन, जापान, नर्वे, जर्मनी, क्यूवा, लक्जमवर्ग, घाना, तान्जानिया, अर्जेन्टिना, बेलायत, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, लाओस र भारतलगायतका २० वटा प्रतिनिधिमण्डलका सदस्यहरूले नगरपालिकाको अध्ययन र अवलोकन भ्रमण गर्नुका साथै आफूसँग शिष्टाचार भेटघाट गरेको जानकारी गराए । नगरपालिकाको १५ औं नगरसभामा प्रगति विवरण पेश गर्दै उनले देश र विदेशमा रहेका स्थानीय निकायका प्रतिनिधिहरू भेट्न आउनेहरुको क्रम पछिल्ला वर्षहरूमा निरन्तर हुँंदै आएको जानकारी गराए । 

२०८० जेठ १७ गते जनवादी गणतन्त्र चीनको स-छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुईले, साउन ८ गते चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोरङछिङ नगरपालिकाको पार्टी समितिका सचिव युआन चियाच्युनले र कार्तिक २६ गते चीनको सिन्चाङ स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव  वाङ च्युनचङले नगरपालिकामा आई नगरपालिकाले गर्दै आएका विभिन्न नमूना कार्यहरूको अवलोकन भ्रमण गरेको जानकारी गराए ।

साथै सोही अवसरमा उनीहरूले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित_ सित भेटघाट गरी दुई देश र दुई पार्टीबीच सम्बन्ध विस्तारकाबारेमा छलफल गरेको पनि जानकारी गराए । सो क्रममा उनीहरूले भक्तपुरको दरबार क्षेत्र, टौमढी क्षेत्रलगायतको भ्रमण गरेको पनि उनले स्मरण गरे । 

त्यस्तै २०८० असार १४ गते जनवादी गणतन्त्र चीनको सान्तोङ प्रान्तको हुआन थाई नगरपालिकाका प्रतिनिधिमण्डलगायतले भक्तपुरको अवलोकन भ्रमण गरेको र मंसिर ३ गते चिङकाङशान नगरपालिकाका उपप्रमुख ह्वामिङले पनि यस नगरपालिकाको भ्रमण गरेको उनले जानकारी गराए । मंसिर २६ गते भक्तपुर नगरपालिका र चीनको लसान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना भएको उनले सम्झे । 

पछिल्लो दोस्रो कार्यकालमा ७५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको प्रतिनिधिमण्डलले यस अवधिमा भक्तपुर नगरपालिकाको अध्ययन-अवलोकन भ्रमण गरेको रेकर्ड रहेको उनले जनाए । यस अवधिमा संघीय र प्रदेश सरकारका २० वटा प्रतिनिधिमण्डलले नगरपालिकाको भ्रमण गरेको जानकारी पनि उनले लिखित रुपमा दिए ।

अवलोकन भ्रमणमा आउनेहरुले विशेष गरेर नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थाहरू, अस्पतालहरू अवलोकन भ्रमण गर्ने र यसबारे बुझ्ने गरेका छन् । शिशु स्याहार केन्द्रदेखि विभिन्न विषयका कलेजहरू सञ्चालन गर्ने भक्तपुर देशको एकमात्र नगरपालिका रहेको बताइन्छ । देशभर सात सय ५३ वटा स्थानीय निकायहरू रहेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १ : ५८ बजे

पाकिस्तानी रेल अपहरण प्रकरण- आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौँको हत्या

इस्लामवाद- पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा

ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत

एजेन्सी – अति राष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा

शरीरमा आगो सल्किए कसरी आफूलाई जोगाउने ? यस्ता छन् उपाय

काठमाडौं– गत माघमा काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा

नामिबियाद्वारा नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट