रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने « Khabarhub

रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

कास्की – २३ औं आहा रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने भएका छन । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ देखि २० सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने टुङ्गो लागेको हो ।

आज क्लवले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिंदै भारतिय घरेलु फुटबल लिग आइलिगको सन २०२३-२०२४ मा सातौं स्थानमा रहेको दिल्ली एफसी र भुटानको लिग च्याम्पियन क्लव पारो भुटान एफसीको सहभागिता रहने क्लवले जनाएको छ ।

दिल्ली एफसी र भुटान एफसी पहिलो पटक नेपाल आउन लागेका हुन् । उनीहरुको सहभागिताले आहा रारा पोखरा गोल्डकपको उचाई थपिएको क्लवले जनाएको छ ।

यसैगरी आयोजक सहारा क्लवसहित नेपालका ‘ए’ डिभिजनका क्लवहरु संकटा यूथ क्लव, चर्च ब्वाइज क्लव, मछिन्द्र एफसी, मनाङ मस्याङदी क्लव, जावलाखेल यूथ क्लव र थ्रि स्टारको सहभागिता हुनेछ भने विभागिय क्लव नेपाल आर्मी क्लव र नेपाल पुलिस क्लव समेतको सहभागिता रहनेछ । सुनवलको राइजिङ स्टार क्लव समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  २ : ५१ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल