पपुवा न्यू गिनीमा भएको हिंसामा १५ जनाको मृत्यु | Khabarhub Khabarhub

पपुवा न्यू गिनीमा भएको हिंसामा १५ जनाको मृत्यु


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोर्ट मोरेस्बी– हिंसामा १५ जनाको मृत्यु भएपछि पपुवा न्यू गिनीका प्रधानमन्त्रीले बिहीबार ‘अराजकता’ विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार साँझ राजधानी पोर्ट मोरेस्बीमा सैनिक, प्रहरी अधिकारी र जेलगार्डको एक समूहले सरकारविरुद्ध प्रदर्शन सुरु गरेपछि हिंसा भड्किएको थियो । राजधानीबाट उत्तरतर्फ करिब ३०० किलोमिटर टाढा रहेको लाए सहरमा दङ्गा भड्किएको हो ।

प्रधानमन्त्री जेम्स मारापेले बिहीबार देशसँग माफी माग्दै ‘अराजकता’ को उत्पत्ति ‘सह्य नहुने’ बताए । प्रहरी आयुक्त डेभिड म्यानिङले नागरिक अशान्तिका कारण कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । 

पोर्ट मोरेस्बीको सबैभन्दा ठूलो अस्पतालले गोली लागेर घाइते भएका २५ जनाको उपचार गरेको एएफपीलाई उपलब्ध गराइएको विवरणमा उल्लेख छ । एएफपी टिभीको फुटेजमा राजधानीका पसलहरूमा लुटेराहरू पसेको, सामान किन्दा प्रयोग गरिने ट्रली र प्लाष्टिकका बाल्टिनहरूमा लुटेका सामानहरू कार्डबोर्ड बक्समा भरी लिएर गएका देख्न सकिन्छ ।

एएफपी टिभीको फुटेजअनुसार भवन र कारहरूमा आगजनी गरिएको छ, जसले शहरका सबैभन्दा बढी प्रभावित भागहरूमा कालो धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ । पोर्ट मोरेस्बीस्थित अमेरिकी दूतावासले लुटेरा समूहलाई तितरबितर पार्न प्रहरीले प्रयास गर्दा आफ्नो कम्पाउण्ड नजिकै गोली चलेको जनाएको छ ।

यसअघि पोर्ट मोरेस्बीस्थित प्रधानमन्त्रीको कार्यालय बाहिर सानो भीड जम्मा भएको र पार्किङ गरिएको प्रहरीको गाडीमा आगजनी गरेको थियो । बेइजिङले पपुवा न्यू गिनीको सरकारसमक्ष दङ्गामा सहभागीहरूले चिनियाँ स्वामित्वका व्यवसायिक केन्द्रलाई निशाना बनाएको रिपोर्टपछि उजुरी दर्ता गरेको छ ।

पोर्ट मोरेस्बी निवासी तथा पपुवा न्यु गिनी विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक माहो लाभेलले बिहीबार साँझसम्ममा शान्ति बहाली भएको बताए । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ५ : २४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास