पपुवा न्यू गिनीमा भएको हिंसामा १५ जनाको मृत्यु « Khabarhub

पपुवा न्यू गिनीमा भएको हिंसामा १५ जनाको मृत्यु


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोर्ट मोरेस्बी– हिंसामा १५ जनाको मृत्यु भएपछि पपुवा न्यू गिनीका प्रधानमन्त्रीले बिहीबार ‘अराजकता’ विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार साँझ राजधानी पोर्ट मोरेस्बीमा सैनिक, प्रहरी अधिकारी र जेलगार्डको एक समूहले सरकारविरुद्ध प्रदर्शन सुरु गरेपछि हिंसा भड्किएको थियो । राजधानीबाट उत्तरतर्फ करिब ३०० किलोमिटर टाढा रहेको लाए सहरमा दङ्गा भड्किएको हो ।

प्रधानमन्त्री जेम्स मारापेले बिहीबार देशसँग माफी माग्दै ‘अराजकता’ को उत्पत्ति ‘सह्य नहुने’ बताए । प्रहरी आयुक्त डेभिड म्यानिङले नागरिक अशान्तिका कारण कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । 

पोर्ट मोरेस्बीको सबैभन्दा ठूलो अस्पतालले गोली लागेर घाइते भएका २५ जनाको उपचार गरेको एएफपीलाई उपलब्ध गराइएको विवरणमा उल्लेख छ । एएफपी टिभीको फुटेजमा राजधानीका पसलहरूमा लुटेराहरू पसेको, सामान किन्दा प्रयोग गरिने ट्रली र प्लाष्टिकका बाल्टिनहरूमा लुटेका सामानहरू कार्डबोर्ड बक्समा भरी लिएर गएका देख्न सकिन्छ ।

एएफपी टिभीको फुटेजअनुसार भवन र कारहरूमा आगजनी गरिएको छ, जसले शहरका सबैभन्दा बढी प्रभावित भागहरूमा कालो धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ । पोर्ट मोरेस्बीस्थित अमेरिकी दूतावासले लुटेरा समूहलाई तितरबितर पार्न प्रहरीले प्रयास गर्दा आफ्नो कम्पाउण्ड नजिकै गोली चलेको जनाएको छ ।

यसअघि पोर्ट मोरेस्बीस्थित प्रधानमन्त्रीको कार्यालय बाहिर सानो भीड जम्मा भएको र पार्किङ गरिएको प्रहरीको गाडीमा आगजनी गरेको थियो । बेइजिङले पपुवा न्यू गिनीको सरकारसमक्ष दङ्गामा सहभागीहरूले चिनियाँ स्वामित्वका व्यवसायिक केन्द्रलाई निशाना बनाएको रिपोर्टपछि उजुरी दर्ता गरेको छ ।

पोर्ट मोरेस्बी निवासी तथा पपुवा न्यु गिनी विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक माहो लाभेलले बिहीबार साँझसम्ममा शान्ति बहाली भएको बताए । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ५ : २४ बजे

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा