नारायणगढ-बुटवल सडक खण्ड १५ महिनाभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला « Khabarhub

नारायणगढ-बुटवल सडक खण्ड १५ महिनाभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक खण्ड आगामी १५ महिनाभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । 

बिभिन्न रणनीतिक सडकखण्डका बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले उक्त सडकखण्डको निर्माण कार्यले तीव्रता पाएको भन्दै आगामी १५ महिनाभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता निर्माण कम्पनीले गरेको जानकारी दिए ।

तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार गरिएको। दुईपटक ठेक्का तोड्न चेतावनी दिएको उनले बताए । त्यस्तै उनले सो सडक खण्डमा यातायात सुचारु पार्न नियमित मर्मतसम्भार, पानी छर्कने, एकसाईड सडक सञ्चालन भइरहेको जानकारी दिए ।

त्यस्तै उनले मुग्लीन–पोखरा सडकखण्डको ८० दशमलव ३३ मध्ये पूर्वी खण्डमा २० किलोमिटर कालोपत्रे सहित ४४ प्रतिशत काम भएको दावी गरे । त्यस्तै कञ्चनपुर–कमलासडक ८६ दशमलव ८३ को ४१ दशमलव ४७ प्रतिशत काम सम्पन्न भएको उनले जानकारी दिए। उनले आयोजनाहरूको समस्या पहिचान गरेर समाधान गर्दै समयमा नै सम्पन्न गर्ने गरि मन्त्रालय अघि बढेको बताए । 

उनले राजमार्ग निर्माण गर्दा दुई लेनलाई सम्पन्न गरि यातायात सुचारु गर्ने र अन्य लेनको निर्माणलाई पनि जारी राख्ने गरि काम भइरहेको बताए । सबै सडक एकैपटक भत्काउँदा निर्माणमा ढिलाई नभएको र सर्वसाधारणलाई समस्या देखिएको उनको भनाइ छ । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ७ : ०४ बजे

मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

धनुषा– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर

हेमजा साहित्य महोत्सव सम्पन्न

गण्डकी – हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु