नारायणगढ-बुटवल सडक खण्ड १५ महिनाभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला « Khabarhub

नारायणगढ-बुटवल सडक खण्ड १५ महिनाभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक खण्ड आगामी १५ महिनाभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । 

बिभिन्न रणनीतिक सडकखण्डका बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले उक्त सडकखण्डको निर्माण कार्यले तीव्रता पाएको भन्दै आगामी १५ महिनाभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता निर्माण कम्पनीले गरेको जानकारी दिए ।

तोकिएको समयमा काम सम्पन्न गर्न बारम्बार पत्राचार गरिएको। दुईपटक ठेक्का तोड्न चेतावनी दिएको उनले बताए । त्यस्तै उनले सो सडक खण्डमा यातायात सुचारु पार्न नियमित मर्मतसम्भार, पानी छर्कने, एकसाईड सडक सञ्चालन भइरहेको जानकारी दिए ।

त्यस्तै उनले मुग्लीन–पोखरा सडकखण्डको ८० दशमलव ३३ मध्ये पूर्वी खण्डमा २० किलोमिटर कालोपत्रे सहित ४४ प्रतिशत काम भएको दावी गरे । त्यस्तै कञ्चनपुर–कमलासडक ८६ दशमलव ८३ को ४१ दशमलव ४७ प्रतिशत काम सम्पन्न भएको उनले जानकारी दिए। उनले आयोजनाहरूको समस्या पहिचान गरेर समाधान गर्दै समयमा नै सम्पन्न गर्ने गरि मन्त्रालय अघि बढेको बताए । 

उनले राजमार्ग निर्माण गर्दा दुई लेनलाई सम्पन्न गरि यातायात सुचारु गर्ने र अन्य लेनको निर्माणलाई पनि जारी राख्ने गरि काम भइरहेको बताए । सबै सडक एकैपटक भत्काउँदा निर्माणमा ढिलाई नभएको र सर्वसाधारणलाई समस्या देखिएको उनको भनाइ छ । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ७ : ०४ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता