भारोत्तोलनमा जुनुमाया र विद्याको कीर्तिमान « Khabarhub

भारोत्तोलनमा जुनुमाया र विद्याको कीर्तिमान


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – जुनुमाया छन्त्याल र विद्या राईले २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नेपाल भारोत्तोलन सङ्घको आयोजनामा मध्यपुरथिमिमा यही पुस २४ गतेबाट सुरु राष्ट्रिय भारोत्तोलन प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल प्रहरीका दुवै खेलाडीले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानलाई सुधार गर्दै कीर्तिमान कायम गरेका हुन् ।

प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार गर्नुभयो भने जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजीसहित स्न्याचमा ७३ केजी गरी जम्मा १६६ केजी भार वहन गर्दै स्वर्ण हात पारे।

सिनियर महिलाको ८७ केजीमाथि विद्याले क्लिन एन्ड जर्कमा कीर्तिमान रच्ने क्रममा ९२ केजी वजन उठाउँदै आफ्नै नाममा ९१ केजीको कीर्तिमानलाई सुधार गर्दै कीर्तिमान कायम गर्न सफल भए।

क्लिन जर्कमा ९२ केजीसहित स्न्याचमा ६५ केजी गरी कुल १५७ केजी तौल उठाउदै विद्याले स्वर्ण हात पारे। प्रतियोगिताको पहिलो दिन मङ्गलबार कृष्णकला विष्ट र दिलिप यादवले राष्ट्रिय कीर्तिमान बनाएका थिए । दुवै कीर्तिमानधारी पनि प्रहरीकै हुन् ।

प्रतियोगिताको सिनियर महिला ८७ केजीमुनि प्रहरीकी जयन्ती श्रेष्ठ, ७६ केजीमा प्रहरीकी पूजा कुमाल र ८१ केजीमुनि प्रहरीकै तारादेवी पुन पहिलो भए । युथको महिला ७१ केजीमा ललितपुरकी खुशी चौधरी तथा ८१ केजीमुनि कास्कीकी सिन्जल गुरुङले पहिलो स्थान हात पारे ।

सिनियर पुरुषको १०२ केजीमा सन्देश गुरुङ, १०९ केजीमुनि विशालसिंह विष्ट र १०९ केजीमाथि राजीव महर्जनले शीर्ष स्थान हात पारे । स्वर्ण विजेतात्रय प्रहरीका हुन् । जुनियर पुरुषको १०२ केजीमा एपीएफका सञ्जय यादव तथा १०९ केजीमुनि एपीएफकै रोजन तुलाधर प्रथम भए ।

प्रतियोगिताको पुरुषमा प्रहरीका प्रकाश केसी तथा महिलामा कीर्तिमानधारी कृष्णकला उत्कृष्ट खेलाडी घोषित भए । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कृत प्रदान गरे ।

तीनदिने प्रतियोगितामा एक सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले बताए । पुरुष÷र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा भएको बताउदै उहाँले प्रतियोगितामा महिलातर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित दुई सय ७० गरी कुल पाँच सय ४० पदकका लागि प्रतिस्पर्धा भएको बताए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १० : ०९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा