नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित « Khabarhub

नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी यु–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । बिहीबार साँझ सम्पन्न खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको हो ।

बर्षाको कारण ३० ओभरमा छोट्टाइएको खेलमा जितको लागि १ सय ४२ रनको लक्ष्यसहित मैदान उत्रिएको नामिबिया २९.५ ओभरमा ३५ रन बनाउँदा अल आउट भयो । उसका लागि कप्तान बसिंग वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

नेपालका गुलशन झाले र आकाश चन्दले ३/३ विकेट लिए । भनेदुर्गेश गुप्ताले ६ ओभरमा २२ रन खर्चेर २ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४१ रन बनाएको थियो । नेपालका लागि दिपक डुम्रेले ३२ रन, आकाश त्रिपाठीले २१, विपिन रावलले २० उत्तम थापा मगर १२, विशाल बिक्रमले केसि १४ र दिपक बोहराले १५ बनाए ।

नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २/२ विकेट लिए । नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १० : २५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको