पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता | Khabarhub Khabarhub

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत महिना प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले आफ्नो अध्ययन प्रतिवेदन आज मुख्यमन्त्री पाण्डेलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।

उक्त प्रतिवेदन बुझ्दै मुख्यमन्त्री पाण्डेले प्रतिवेदनले औँल्याएका कुरालाई आधार मान्दै पोखरालाई यथाशीघ्र पर्यटकीय राजधानी घोषणा गरिने बताए । “पोखरा महानगरपालिकालगायत यहाँका अन्य पालिकासँगको सहकार्यमा पोखरालाई पर्यटकीय घोषणा गर्ने तयारीमा प्रदेश सरकार रहेको छ”, उनले भने , “गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएकाले प्रदेश सरकारले थप पहल गरेको हो ।”

नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास तथा विविधिकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति काम सुरु गरेको हो । समितिले पेस गरेको प्रतिवेदनमा यहाँको पर्यटकीय अवस्थाका बारेमा अध्ययन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रयाप्त मापदण्ड पुगेको उल्लेख छ ।

पर्यटन विज्ञसहितको उक्त समितिले पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, घोषणाको प्रक्रिया पहिचान र सङ्घ सरकारसँगको समन्वयलगायत कार्यादेश तोकिएको थियो ।

पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वषौँ भइसकेको छ । पर्यटकीय गतिविधि, सहज पहुँच, सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधार मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ वासु त्रिपाठीले बताए । उनका अनुसार हिमाल र तालतलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जीजम्प, केबलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पर्यटकीय गतिविधि पोखरामा हुने गर्दछन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १० : ४५ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही