अमिर खान किन जाँदैनन् कपिलको शोमा ? | Khabarhub Khabarhub

अमिर खान किन जाँदैनन् कपिलको शोमा ?


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड नायक अमिर खान अवार्ड शोमा उपस्थित हुँदैनन् । उनी फिल्म प्रमोशनका लागि लोकप्रिय कार्यक्रम ‘द कपिल शर्मा शो’ मा पनि गएका छैनन् ।

कपिलको कार्यक्रममा अमिरलाई दर्शकले हेर्न अत्यन्तै रुचाएका छन् । उनलाई कार्यक्रममा आमन्त्रण गर्न दुवैको समर्थकले कपिललाई आग्रह गरिरहेका हुन्छन् ।

यद्यपि, अमिर आफू कपिलको शोको नियमित दर्शक भएको बताउँछन् । उनले एक कार्यक्रममा भनेका थिए, ‘मलाई हरेक रात सुत्नुअघि केही रमाइलो कुरा हेर्न मन पर्छ। म केही समयदेखि द कपिल शर्मा शो हेरिरहेको छु। म कपिलको कामको फ्यान हुँ ।’

कपिलले तीन वर्ष प्रयास गर्दासमेत अमिरलाई शोमा ल्याउन नसकेको बताउँछन् । अमिरसमेत उपस्थित भएको एक कार्यक्रममा कपिलले भनेका थिए, ‘अमिर खान शोमा आउनु भयो भने हाम्रो सौभाग्य हुनेछ। मैले उहाँलाई सधैँ भिडमा भेटेको हुन्छु । शोमा आउन अनुरोध पनि गर्छु तर उहाँ कता–कता जाँदै छु व्यस्त छु भन्नु हुन्छ ।’

यद्यपि उनी कपिलको शोमा नजानुको प्रमुख कारण हो– फिल्म प्रमोशनका लागि मात्रै निमन्त्रणा आउनु । एकदमै सोचेर मात्र फिल्ममा अनुबन्ध हुने अमिर अन्य कलाकार जसरी प्रमोशनमा सहभागी हुँदैनन् । टिभीमा फिल्म प्रमोशनको आफूलाई विश्वास नलाग्ने उनको तर्क छ ।

अमिर थप्छन्, म अवश्य आउँछु तर फिल्म प्रदर्शनको बेला बोलाउँदा होइन । अन्य समय बोलाउँदा मात्र आउन चाहन्छु।‘

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : २७ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’