अमिर खान किन जाँदैनन् कपिलको शोमा ? « Khabarhub

अमिर खान किन जाँदैनन् कपिलको शोमा ?


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड नायक अमिर खान अवार्ड शोमा उपस्थित हुँदैनन् । उनी फिल्म प्रमोशनका लागि लोकप्रिय कार्यक्रम ‘द कपिल शर्मा शो’ मा पनि गएका छैनन् ।

कपिलको कार्यक्रममा अमिरलाई दर्शकले हेर्न अत्यन्तै रुचाएका छन् । उनलाई कार्यक्रममा आमन्त्रण गर्न दुवैको समर्थकले कपिललाई आग्रह गरिरहेका हुन्छन् ।

यद्यपि, अमिर आफू कपिलको शोको नियमित दर्शक भएको बताउँछन् । उनले एक कार्यक्रममा भनेका थिए, ‘मलाई हरेक रात सुत्नुअघि केही रमाइलो कुरा हेर्न मन पर्छ। म केही समयदेखि द कपिल शर्मा शो हेरिरहेको छु। म कपिलको कामको फ्यान हुँ ।’

कपिलले तीन वर्ष प्रयास गर्दासमेत अमिरलाई शोमा ल्याउन नसकेको बताउँछन् । अमिरसमेत उपस्थित भएको एक कार्यक्रममा कपिलले भनेका थिए, ‘अमिर खान शोमा आउनु भयो भने हाम्रो सौभाग्य हुनेछ। मैले उहाँलाई सधैँ भिडमा भेटेको हुन्छु । शोमा आउन अनुरोध पनि गर्छु तर उहाँ कता–कता जाँदै छु व्यस्त छु भन्नु हुन्छ ।’

यद्यपि उनी कपिलको शोमा नजानुको प्रमुख कारण हो– फिल्म प्रमोशनका लागि मात्रै निमन्त्रणा आउनु । एकदमै सोचेर मात्र फिल्ममा अनुबन्ध हुने अमिर अन्य कलाकार जसरी प्रमोशनमा सहभागी हुँदैनन् । टिभीमा फिल्म प्रमोशनको आफूलाई विश्वास नलाग्ने उनको तर्क छ ।

अमिर थप्छन्, म अवश्य आउँछु तर फिल्म प्रदर्शनको बेला बोलाउँदा होइन । अन्य समय बोलाउँदा मात्र आउन चाहन्छु।‘

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : २७ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको