लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन « Khabarhub

लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा- अर्थमन्त्री डा प्रकाशशरण महतले काँकरभिट्टा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा पुगेका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरुसँग भेटघाट गरेका हुन् । निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार कार्यालयलाई मासिक रुपमा कार्यालयले लिएको लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न निर्देशन दिए ।

उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरे । “राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ”, अर्थमन्त्री महतले भने, “राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।”

उनले मेची भन्सार मुलुककै महत्वपूर्ण भन्सारमध्ये एक रहेको बताए । उनले एशियन राजमार्गको विस्तारसँगै यसको महत्व झन् बढ्ने बताउँदै व्यवसायीलाई समेत निराश नहुन आग्रह गरे । सो अवसरमा मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले विगतको तुलनामा राजस्व सङ्कलन कम हुँदै गएको, मुख्य नाका भए पनि काँकरभिट्टा मन्त्रालयबाट छाँयामा परेको बारेमा अर्थमन्त्री डा महतको ध्यानाकर्षण गराएका थिए ।

निरीक्षणका क्रममा भद्रपुर भन्सार कार्यालयको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको बाँकी रहेको मुआब्जा रकम तत्काल उपलब्ध गराइदिने भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उद्योगी तथा व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : ०७ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा