आजका समाचार : माओवादीको बैठकदेखि पुस्तक लोकार्पणमा भाँडभैलोसम्म | Khabarhub Khabarhub

आजका समाचार : माओवादीको बैठकदेखि पुस्तक लोकार्पणमा भाँडभैलोसम्म


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज दिनभर माओवादी बैठकमा आज १० प्रदेश समितिको रिपोर्टिङ, कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन, महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलोलगायतका समाचारले प्रमुख स्थान पाए ।

माओवादी बैठकमा आज १० प्रदेश समितिको रिपोर्टिङ, विधान मस्यौदामाथि भोलि छलफल हुने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आइतबार १० प्रदेश समितिको रिपोर्टिङ भएको छ । दिउँसो ३ बजेसम्म ८ वटा प्रदेश समितिले रिपोर्टिङ गरेर खाजा खाने कार्यक्रम भएको थियो ।

त्यसपछि हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको रिपोर्टिङ भइरहेको छ । केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ । भोलिको बैठकमा विधान मस्यौदामाथि छलफल हुने पार्टीका सचिव तथा प्रतिनिधि सभा संसद देवेन्द्र पौडेलले खबरहबलाई बताए ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेसले फागुन ३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । फागुन ७ देखि १० गतेसम्म चल्ने महासमितिको बैठकबारे छलफल गर्नका लागि कांग्रेसले कार्यसमितिको बैठक डाकेको हो ।

त्रिभुवन विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको झगडाका दोषीलाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ

 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् ।

लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन

अर्थमन्त्री डा प्रकाशशरण महतले काँकरभिट्टा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा पुगेका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरुसँग भेटघाट गरेका हुन् । निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार कार्यालयलाई मासिक रुपमा कार्यालयले लिएको लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न निर्देशन दिए ।

उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरे । “राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ”, अर्थमन्त्री महतले भने, “राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।”

रामग्राम क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने सहमति–सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने सहमति–सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता तत्काल लागू हुनेगरी खारेज गर्न निर्देशन दिएको हो । लुम्बिनी विकास कोष र एक निजी कम्पनीबिच परियोजनाको अध्ययन तथा अनुसन्धानको समझदारी भएको थियो ।

मेयर हर्क साम्पाङ भन्छन् : राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर चाँडै राख्छु

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै फेरि राख्ने बताएका छन् ।

आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मेयर साम्पाङले भने, ‘मैले सधैँका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको होइन, चाँडै लगाउँछु ।’

महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो

नेपाल पत्रकार महासंघको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो भएको छ ।

आदिवासी जनजाति पत्रकार संघ फोनिजले विरोध जनाएपछि महासंघको प्रतिष्ठान शाखाले निकालेको पुस्तक ‘अग्र अनुहार कथा अग्रजको गाथा’ लोकार्पण समारोहमा तनाव उत्पन्न भएको हो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : ५४ बजे

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि