ललितपुर घटना : छोराछोरीको हत्या गरी आमाले आत्महत्या गरेको आशङ्का | Khabarhub Khabarhub

ललितपुर घटना : छोराछोरीको हत्या गरी आमाले आत्महत्या गरेको आशङ्का


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनकोसमेत गएराति मृत्यु भयो ।

उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको प्रकृति हेर्दा उनले नै छोराछोरीको हत्या गरी त्यसपछि घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जानकारी दिए । शव परीक्षणको रिपोर्टपछि मृत्युको यकीन कारण भन्न सकिने उनको भनाइ छ ।

उनले घटनाका कारणबारे सबै कोणबाट अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । उक्त घटना शनिबार अपराह्न २ बजेतिरको हो ।

महर्जनले घरको चार तलाबाट हाम्फालेकी थिइन् । छिमेकीहरुले देखेपछि तत्काल प्रहरीलाई खबर गरी उपचारका लागि अस्पताल लगियो । घरभित्र जाँदा दुई बालबालिका अचेत भेटिएपछि उनीहरुलाई पनि अस्पताल लगिएको थियो ।

छ वर्षीय बालक र दुई वर्षीया बालिका (महर्जनका छोराछोरी) लाई शनिबार साँझ ५ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । राति ९ः३५ बजे उनको पनि मृत्यु भयो ।

अहिले शव परीक्षणका लागि शिक्षण अस्तपालमा पठाइएको छ । अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतले तकियाले बालबालिकाको मुख थुनेर हत्या गरी उनले आत्महत्या गरेको देखिएको बताएका छन्।

फरेन्सिक ल्याबका चिकित्सकले पनि बच्चाको सास रोकिएर नै ज्यान गएको बताएका ती अनुसन्धान अधिकृतले बताए । उनले भने, “तर रिपोर्ट नआई हामीले कारण यो नै हो भन्न सक्दैनौँ ।”

हाम्फाल्ने क्रममा सासू पनि छतमै थिइन्

घटना हुँदा महर्जनकी सासू छतको अर्को कुनामा थिइन् । उनी अली बिरामी भएकाले धेरै हिँडडुल गर्न सक्दिनथिन् । रविना छतको बार चढ्न लाग्दा सासूले किन त्यहाँ गएको भनेर सोधेकी र उनले कपडा झरेकाले लिन लागेको जवाफ दिएकी थिइन् ।

“जान हुँदैन भन्दाभन्दै बार चढेर गएकी थिइन्, हाम्फाल्न पो रहेछ”, सासूलाई उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले बताए । उनले यसअघि कोठामा ढोका बन्द रहेको र ढकढक गर्दा समेत नखोलेको प्रतिक्रिया दिएको बताइएको छ ।

उनका श्रीमान्को साउन्ड सिष्टमको व्यवसाय छ । शनिबार महालक्ष्मी नगरपालिकाको कामको तयारीका लागि उनी घरबाट गएका थिए । रविनाले हाम्फाल्नुअघि उनीसँग थोरै कुराकानी भएको थियो । २ बजेतिर फोन गरेर रविनाले कता हुनुहुन्छ भनेर श्रीमान्लाई सोधेकी थिइन् । श्रीमान्ले ३ बजे काम सकिन्छ र घर आउँछु भन्ने जवाफ दिएर फोन राखेको प्रहरीसँग बताएका छन् । त्यसपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

पारिवारिक बेमेल केही देखिएको छैन । कहिलेकाहीँ सामान्य झैझगडा भए पनि ठूलो रिसराग नदेखिएको प्रहरीले बताएको छ । धेरै नबोल्ने महिला भएकाले कुनै कुण्ठा पो थियो की भनेर त्यसतर्फ पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनाको अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ८ : ४४ बजे

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल, मीनबहादुरले गरे शिलान्यास

काठमाडौं- काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ

श्रीलंकामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण

काठमाडौं– श्रीलंकाको कोलम्बोस्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिषद्मा

मङ्सिर १५ मा ‘टुर दी बाँके नेशनल पार्क’ को आयोजना

जानकी – राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले

कर्मचारी कार्यालय पुगेपछि सार्वजनिक बिदा : दमननाथलाई सम्मान कि अपमान ?

काठमाडौं– गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण

मृतकका परिवारसँग सहमति, झाँक्री भुजेलले ५२ लाख दिने 

काठमाडौं– झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ