मौसम परिवर्तनसँगै बढ्यो कोरोना जत्तिकै छिटो सर्ने भाइरल संक्रमण « Khabarhub

मौसम परिवर्तनसँगै बढ्यो कोरोना जत्तिकै छिटो सर्ने भाइरल संक्रमण


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विस्तारै जाडो घटेर गर्मी बढ्ने क्रम सुरु भएको छ। मौसम परिवर्तनले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ। विशेष गरेर बालबालिकामा रुघाखोकी, ज्वरो अहिले धेरै फैलिरहेको छ। यो कोभिड जस्तै सजिलै सर्ने भएकाले कोभिडकै बेला अपनाइएका स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन्। मौसम परिवर्तन भइरहेको समयमा जथाभावी खाने र खानपानमा ध्यान नदिँदा बिरामी पर्नुका साथै अन्य इन्सफेक्सन हुने सम्भावना उत्तिकै हुने चिकित्सक बताउँछन्। मौसम परिवर्तनसँगै बालबालिकामा कस्ता समस्या देखिन्छन् ? समस्या देखिनुको कारण के हो ? उपचार विधि के छ ? यी र यस्तै विषयमा ओम अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. रिता सिंह हमालसँग खबरहबका लागि गरिएको कुराकानी :

मौसम परिवर्तनसँगै बालबालिकामा कस्ता समस्या देखिन्छन् ?
मौसम परिवर्तनसँगै बालबालिकामा मुख्यतया रुघाखोकी र ज्वरो देखिन्छ। यो कोभिड जस्तै सजिलै सर्छ। बालबालिकाबाट ठुलो मान्छेमा र ठुलो मान्छेबाट बालबालिकामा सर्छ। त्यस्तै भाइरलसँगसँगै झाडापखाला पनि मौसम परिवर्तनसँगै बालबालिकामा देखिने गरेको छ।

मौसम परिवर्तनसँगै बालबालिकामा मुख्यतया रुघाखोकी र ज्वरो देखिन्छ। यो कोभिड जस्तै सजिलै सर्छ। बालबालिकाबाट ठुलो मान्छेमा र ठुलो मान्छेबाट बालबालिकामा सर्छ।

मौसम परिवर्तनका बेला यस्ता समस्या देखिनुको कारण के हो ?
यस्तो बेलामा मौसम सुख्खा हुन्छ। बिहान–बेलुका चिसो र दिउँसो तातो हुने हुँदा खानपान, लवाइ खुवाई त्यसै अनुसारको हुन्छ। जस्तै बिहान बेलुका तातो पानी खाने दिउँसो चिसो खाने, लुगा लगाउँदा पनि एकैछिन त होनी दिउँसो घाम हुन्छ भनेर बिहान न्यानो लुगा नलगाउने बानीले यस्ता समस्या देखिन्छन्। मौसम परिवर्तनको बेला विभिन्न किसिमका भाइरस सक्रिय हुने भएकाले यस्ता समस्या देखिन्छन्।

भाइरलको लक्षण कसरी थाहा पाउने ?
अहिलेको मौसमी फ्लु, भाइरल संक्रमण र कोभिडका लक्षण उस्तै उस्तै छन्। टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, नाक बन्द हुने, खान मन नलाग्ने लगायत लक्षण देखिन्छन्।

यसको उपचार विधि के छ ?
जतिसक्दो आराम गर्नु नै पहिलो उपचार हो। तातोपानी खाने र बाफ लिने गर्नुपर्छ। कोभिड जस्तै खतरनाक नभए पनि यसले दुःख त्यति नै दिन्छ। यसमा हत्तपत्त एन्टिबायोटिक चलाउनु आवश्यक हुँदैन। तर यो लम्बियो ३/४ दिनसम्म पनि निको भएन भने चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिक चलाउनुपर्ने हुनसक्छ।

अहिलेको मौसमी फ्लु, भाइरल संक्रमण र कोभिडका लक्षण उस्तै उस्तै छन्। टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, नाक बन्द हुने, खान मन नलाग्ने हुन्छ ।

मौसमी फ्लुका बिरामी उपचारका लागि कत्तिको आउने गरेका छन् ?
अहिले उपचारका लागि आउने बिरामीमध्ये ५०/६० प्रतिशत मौसमी फ्लुका बिरामी हुन्छन्। एकले अर्कोलाई छिटो सार्ने भएकाले धेरै नै फैलिएको छ।

यो मौसममा दम र निमोनियाको जोखिम पनि धेरै हुने हो ?
रुघाखोकी लाग्ने बित्तिकै निमोनिया हुन्छ भन्ने छैन। तर रुघाखोकी लम्बियो, ज्वरो आयो भने निमोनियाको शंका गर्न सकिन्छ। यस्तो बेलामा आफै औषधी किनेर खानुभन्दा पनि चिकित्सकसँग परामर्शमा जानु राम्रो हुन्छ।

मौसम परिवर्तनका बेला हुने समस्याबाट बालबालिकालाई जोगाउन के गर्ने ?
अहिलेको मौसममा रुखा खोकीसँगै भाइरल संक्रमण फैलिएको छ। यो कोभिड जस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा चाँडो फैलिरहेको छ। त्यसैले साबुन पानीले हात धुने, मास्क लगाउने, बच्चालाई ज्वरो आएको छ भने पर्याप्त मात्रामा आराम गराउने गर्नुपर्छ। यो समस्या देखिएपछि केहीदिन विद्यालय नपठाउनु राम्रो हुन्छ। साना बालबालिकालाई बिहान बेलुका न्यानो लुगा लगउने, दिउँसो खोलिदिने, इम्युनिटी पावर बढाउन पोषिलो खानेकुरा खान दिने गर्नुपर्छ। जंक फुडहरु खान नदिने, प्रशस्त मात्रामा पानी खान दिने गर्नुपर्छ। कोभिडकै बेलामा जस्तो सावधानी अपनायो भने केही हदसम्म बालबालिकालाई यो समस्याबाट जोगाउन सकिन्छ।

साना बालबालिकालाई बिहान बेलुका न्यानो लुगा लगाउने, दिउँसो खोलिदिने, इम्युनिटी पावर बढाउन पोषिलो खानेकुरा खान दिने गर्नुपर्छ। जंक फुडहरु खान नदिने, प्रशस्त मात्रामा पानी खान दिने गर्नुपर्छ।

कुन उमेर समूहका बालबालिका बढी जोखिममा हुन्छन् ?
सबै उमेर समूहलाई मौसमी रुघाखोकीले सताइरहेको हुन्छ। तर साना बालबालिकालाई अलि बढी नै च्यापेको हुन्छ। ठुलो बोल्न सक्नेले आफ्नो समस्या सजिलै भन्न सक्छन्। साना बालबालिका रुने झिझिने बढी नै हुन्छ। त्यसैले उनीहरुको समस्यालाई अभिभावक आफैले बुझेर समयमै उपचार गराउनुपर्छ।

मौसमी रुघाखोकीबाट जोगिनका लागि केही सुझाव छन् कि ?
अहिले जताततै मौसमी रुघाखोकी फैलिरहेको छ। उपचारका लागि आउने धेरै बिरामीले घरमा सबैजनालाई सताइरहेको बताउनुहुन्छ। यो कोभिड जत्तिकै एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सचेत हुनैपर्छ। त्यसैले पर्याप्त मात्रामा आराम गर्ने, पोषिलो खानेकुरा खाने लगायत सावधानी अपनाउनु आवश्यक छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ०९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको