स्पेनिस ला लिगा : भिल्लारियलसँग रियल बेटिस पराजित « Khabarhub

स्पेनिस ला लिगा : भिल्लारियलसँग रियल बेटिस पराजित


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलले जित निकालेको छ । गएराति भएको खेलमा रियल बेटिसलाई ३–२ गोलले हराउँदै भिल्लारियलले जित निकालेको हो ।

भिल्लारियलका लागि एलेक्स बेना र अलेक्जेन्डर सोर्लोथले एक–एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।

यस्तै, रियल बेटिसका गुइडो रोड्रिगेज र विलियन जोसले एक–एक गोल गरेका थिए ।

खेलमा रियलका रोड्रिगेजले खेलको ३०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर भिल्लारियलका एलेक्सले ४०औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि विलियमले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई २–१ गोलको अग्रता दिलाए । तर ४८औँ मिनेटमा रियलका तर्फबाट आत्मघाती गोल भएपछि भिल्लारियल २–२ गोलको बराबरीमा आयो ।

त्यसपछि खेलको ६७औँ मिनेटमा अलेक्जेन्डरले गोल गरेसँगै भिल्लारियल ३–२ गोलले विजयी भयो ।

यो जितसँगै भिल्लारियल २८ खेलबाट ३५ अंकका साथ ११औँ स्थानमा छ । पराजित भएको रियल बेटिस ४२ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ४९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट